शनिबारसम्म यस्तो रहनेछ मौसम
विराटनगर । आज दिउँसो कोसीसहित मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । बाँकी स्थानको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोसी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति पनि यी स्थानमा मेघगर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । भोली दिउँसो कोसी र मधेश प्रदेशलगायत देशका पह...































