गर्मी बढेपछि विराटनगरसहित तराई क्षेत्रका विद्यालय बन्द
विराटनगर । अत्यधिक गर्मी बढेपछि विराटनगरसहित कोशी प्रदेशको तराई क्षेत्रका धेरै विद्यालयहरू बन्द गरिएको छ । गर्मीका कारण विराटनगर, इटहरी, इनरुवा लगायत क्षेत्रका विद्यालयहरू बन्द गरिएको हो । कतिपय स्थानमा दिउँसोको सट्टा बिहान कक्षा सञ्चालन गर्न थालिएको छ ।
केही दिनयता तराई क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न थालेपछी जनजीवन प्रभावित भइरहेको छ । गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएपछि विर...































