१३ लाख भक्तजनले गरे पाथिभरा दर्शन
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा सात वर्षको अवधिमा १३ लाख भक्तजन पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिले ठूलोफेदी सङ्कलन शाखामा भएको तथ्याङ्क सार्वजनिक गर्दै उक्त अवधिमा १३ लाख बढी भक्तजनले दर्शन गरेको जनाएको हो ।
आर्थिक बर्ष २०७४/७५ देखि हाल सम्म १३ लाख तीन हजार चार सय ९२ जनाले पाथिभराको दर्शन गरेका हुन् । समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७४/७५ ...






























