संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बुस्थित सापातेलमा दाहसंस्कार गरिएका दिदी-भाइको शव चिहानबाट निकालेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिए पनि खबरै नगरी दाहसंस्कार गरिएको भन्दै प्रहरीले चिहानबाट शव निकालेर अनुसन्धान सुरु गरेको हो ।

Advertisement

साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । तर आफन्तले यसबारे प्रहरीलाई कुनै जानकारी नै दिएनन् । प्रहरीले घटनाको बारेमा जानकारी पाएपछि आइतबार चिहानबाट शव निकालेर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले घटना बारे अन्य श्रोतबाट जानकारी आएपछि कानुनी प्रक्रिया पूरा गर्न शव उत्खनन गरिएको बताए ।

‘लडेर मृत्यु भएको भन्ने जानकारी प्राप्त भएको छ’, मिश्रले संगालोखबरसँग भने, ‘यस्तो अवस्थामा आफन्तले प्रहरीलाई खबर गरेर कानुनी प्रक्रिया पूरा गरेर मात्रै अन्तिम संस्कार गर्नुपर्ने हुन्छ । तर उहाँहरूले खबर नगरेपछि हामीले उत्खनन गरेका हौं ।’

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको मिश्रले जानकारी दिए । गत बिहीबार बस्नेतका तीन छोराछोरीसहित ६ जना बालबालिका हराएका थिए । खोजी गर्ने क्रममा साँझ अन्य चार जनालाई नजिकैको ओडारमा सकुशल फेला पारिएको थियो भने दुई जना मृत भेटिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!