संगालोखबर
फाइल तस्बिर

विराटनगर । पाँचथरमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ६ वटा सडक अवरुद्ध भएका छन् । पाँचथरबाट विभिन्न स्थानलाई जोड्ने मुख्य सडकसहित भित्री सडक खण्ड अवरुद्ध भएका छन् ।

बाढीले डाइभर्सनमा क्षति पुऱ्याउँदा मेची राजमार्गको पाँचथर खण्ड, फिदिम फालोट सडक खण्ड र फालेलुङ-५ लुदिनटारको भित्रि सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले जानकारी दिए ।

Advertisement

यस्तै पहिरोका कारण मिक्लाजुङ-३ थामथुमको भित्री सडक, फिदिम-८ तमाखेदेखि पौवाभञ्ज्याङ र रानिटार जाने भित्री सडक र मिक्लाजुङ-३ देउरालीबाट आरुबोटे र दशमी बजार जोड्ने भित्री सडक खण्ड अवरुद्ध भएका छन् । हेवा खोलाको डाइभर्सन मर्मतपछि भर्खरै सवारी-साधन सञ्चालनमा आएका तामाङले जानकारी दिए ।  

सडक अवरुद्ध हुँदा यात्रुबाहक र ढुवानीका सवारी-साधनहरू बाटोमा नै अलपत्र परेका छन् । अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!