संगालोखबर


धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आज धनकुटामा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा जिल्ला अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईले कार्यक्रम उद्‌घाटन गरेका छन् । सो अवसरमा बोल्दै नेता राईले रक्तदान गर्दा दान गर्ने व्यक्ति र रगत आवश्यक पर्ने दुवै पक्षलाई फाइदा हुने भन्दै वेला-वेला यस्ता कार्यक्रम गर्नु उपयुक्त हुने धारणा राखे । रक्तदानबाट ४८ पिन्ट रगत संकलन भएको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष देवी राईले जानकारी दिए ।

Advertisement

सोही अवसरमा राष्ट्रिय युवा संघले जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण पनि गरेको छ ।

पूर्वमन्त्री राई, एमाले धनकुटा अध्यक्ष शिव आङ्ला, प्रदेश कमिटी सदस्य सावित्रा राई, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य राजेश निरौला लगायतले बिरामीहरूलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!