
विराटनगर । सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकमा मा निर्माणाधीन घरको ‘सेफ्टी ट्याङ्की’ भित्र दुई जनाको शव फेला परेको छ ।
आज बिहान १० बजेतिर दुहबी-२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव ‘सेफ्टी ट्याङ्की’ भित्र फेला परेको हो । प्रहरीका अनुसार तामाङ पेटी ठेकेदार र राई कामदार रहेको खुलेको छ ।
अहिले इलाका प्रहरी कार्यालय दुहबीबाट इन्स्पेक्टर नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । ‘फरेन्सिक विज्ञसहितको टोली पनि घटनास्थलमा झिकाइएको छ’, डीएसपी खतिवडाले संगालोखबरसँग भने, ‘विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको छ ।’
दुवै जनाको शव घटनास्थलमै रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि धरान लगिने प्रहरीको भनाइ छ । अनुसन्धानपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने खतिवडाले जानकारी दिए ।

संगालोखबर 













