
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित पूल चोकमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ८ बजे विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो बस र काँकडभिट्टा-दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किएका हुन् ।
मृतकको पहिचान खुल्न बाँकी छ भने घाइतेहरूलाई उपचारका लागि सुनसरी र विराटनगरका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
‘दुर्घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ’, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख इन्स्पेक्टर बिरेन्द्र सिंह थापाले संगालोखबरसँग भने, ‘कति जना घाइते छन् भन्ने जानकारी संकलन भइरहेको छ ।’
दुर्घटना परेका बस र माइक्रोलाई हटाउने काम भइरहेको उनले बताए । एकतर्फीरूपमा सडक सुचारु रहेको थापाले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

संगालोखबर 













