संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेपालले भारतलाई एक हजार मेगावाट बिजुली बेच्ने भएको छ । नेपालले भारत र बङ्गलादेशमा गरी एक हजार ५० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति पाएको हो ।

पछिल्लो पटक अस्ति सोमवार थप दुई सय मेगावाट विद्युत निर्यातका लागि भारतले सहमति दिएपछि निर्यात अनुमति पाउने विद्युतको परिमाण एक हजार मेगावाट कटेको जनाइएको छ ।

Advertisement

यसअघि भारतमा ८ सय १० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति थियो । थपिएको दुई सय मेगावाटले भारतमा कुल निर्यात क्षमता एक हजार १० दशमलव ९ मेगावाट पुगेको छ ।

त्यस्तै अघिल्लो वर्षदेखि बङ्गलादेशमा निर्यात शुरु भएकोमा अहिले ४० मेगावाट निर्यात भइरहेको छ । भारतले सहमति दिएका आयोजनाहरूमा लिखु-२, लिखु खोला ‘ए’, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला र सुपर कावेली खोला ‘ए’ रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सामाजिक सञ्जालमा भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्न लागेको उल्लेख गरेका छन् । जसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!