विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ
विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बीउ उपलब्ध गराएको छ । आज कृषकहरूलाई महानगरले उन्नत जातको गहुँको बीउ उपलब्ध गराएको हो ।
कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार पाँच सय २६ किलो बीउ वितरण गरिएको छ । उक्त बीउले ६० हेक्टर जमिनमा खेती गर्न सकिन्छ । महानगरका दुई सय ६२ घरधुरीलाई बिउ वितरण गरिएको तिम्सिनाले बताए ।
महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ खेतीयो...




























