
धनकुटा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनका सम्बन्धमा अझैपनि छलफल गर्न सकिने बताएका छन् ।
आजबाट धनकुटामा सुरु भएको नेकपा एमाले कोशी प्रदेशको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अझै छलफल गरेर स्पष्ट हुन सकिने बताएका हुन् । उनले पार्टीभित्र कुनै किसिमको विमती नरहेको उल्लेख गरे ।
सार्वजनिक रूपमा गरेका कामको टिकाटिप्पणी गर्न नमिल्ने बताउँदै उनले पार्टीलाई कसरी मजबुत बनाउन सकिन्छ त्यसतर्फ केन्द्रित हुनुपर्ने धारण राखे ।
उनले एमाले जनताको रोजाइको पार्टी भएको उल्लेख गर्दै एमालेलाई जनताको रोजाइको पार्टी बनाउन केपी ओलीको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । उनले साना दलले ठूला दललाई प्रहार गरेका कारण एमाले र नेपाली काँग्रेस एक हुनुपरेको बताए ।
उनले पूर्वराष्ट्रपति राजनीतिमा फर्कन नहुने तर्क राखे । पार्टीभित्र रहेका केही तत्वहरूले पार्टीलाई नै कमजोर बनाउने खालका गतिविधि गरिरहेको महासचिव पोखरेलले बताए । उनले अवसरवादीहरू त्यत्तिकै विलय हुने आशय व्यक्त गर्दै पहिलो पार्टी बन्छु भनेर छुट्टिएकाहरू खुम्चिनुपरेको उल्लेख गरे ।

संगालोखबर 













