संगालोखबर


खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान पहिरो जाँदा यातायात ठप्प भएका छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख इन्स्पेक्टर सुशान्त मिश्रका अनुसार सडकभन्दा करिब सय मिटर माथिबाट पहिरो खसेको छ ।

Advertisement

‘अहिले पहिरो हटाउने काम भइरहेको छ’, उनले संगालोखबरसँग भने, ‘गन्तव्यमा हिँडेका सवारी-साधन बाटोमा नै रोकिएका छन् । सडक खुलाउने प्रयास भइरहेको छ ।’

काठमाडौं तथा तराईका जिल्ला हिँडेका सवारी-साधन बाटोमा नै रोकिँदा यात्रुहरू अलपत्र परेका छन् । प्रहरीका अनुसार हलेसी आउजाउ गर्ने तीर्थयात्री समेत बाटोमा नै अलपत्र परेका छन् । सो पहिरोका कारण दाम्ली-डिकुवा सडक पनि अवरुद्ध भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!