शिक्षक आन्दोलनका कारण एसईईको नतिजामा ढिलाई, कहिले सार्वजनिक हुन्छ ?
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो सातामात्र सार्वजनिक हुने भएको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भएपनि यसपटक ढिलाई हुने भएको हो ।
यसअघि २९ दिनसम्म शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई हुँदा नतिजा पनि ढिलो सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिले एसईईको उत्तरपुस्तिका परीक्षणको काम अन्तिम चरणमा प...































