संगालोखबर
फाइल तस्बिर

विराटनगर । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण आठ वटा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार एक सय ३९ वटा स्थानका सडक एकतर्फी सञ्चालनमा रहेका छन् ।

कोसी करिडोर अन्तर्गत संखुवासभाको बरुण नदीमा असार २९ गते आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ ।

Advertisement

नदीको बहाव घटेपछि मात्रै डाइभर्सन बनाइने जनाइएको छ । उक्त स्थानमा पुल निर्माण भइरहेको छ ।  तमोर करिडोरमा पर्ने ताप्लेजुङको फक्ताङलुङ-५ र ६ जोड्ने रानीपुल बेलिब्रिजमा बाढीले क्षति गर्दा चतरा-मुलघाट अमरापुरडाँडा-गणेश चोक सडक पूर्णरूपमा अवरुद्ध छ ।

साथै पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत खोटाङको पंखु खोलामा आएको बाढीले क्षति गर्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

यस्तै स्याफ्रुबेंसी रसुवागढी सडक चीनतर्फबाट आएको बाढीले क्षति पुग्दा दुई सातादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । यसअघि गत असार २४ गते भोटेकोसीमा आएको बाढीले सो सडकमा क्षति गरेको थियो ।

सिन्धुपाल्चोकको कोदारीमा साउन १८ गते गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । भेरी करिडोरअन्तर्गत पश्चिम रुकुमको चौखा रिजगाड, उसुम खोला र छलगाडमा लेदोसहित आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध रहेको विभागले जनाएको छ ।

यस्तै बागलुङको तानसेन रिडी कोरला सडक अन्तर्गत कालीखोलामा ठूला चट्टानसहित आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । त्यहाँ पहिरो पन्छाउने कार्य भइरहेको विभागले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!