संगालोखबर


विराटनगर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला १५ रुपैयाँले घटेको चाँदी दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!