कोशीमा १४.२५ प्रतिशत रोपाइँ सम्पन्न, कुन जिल्लामा कति भयो ?
विराटनगर । कोशी प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार धान खेती हुने २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ३ सय ८९.९४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
उच्च पहाडी क्षेत्रमा कुल धान खेती हुने क्षेत्रफलमध्ये १०.९७, मध्य पहाडी क्षेत्रमा २४.९२ र तराई क्षेत्रमा १०.७८ प्रतिशत रोपाइँ भएको छ ।
निर्देशनालयका अनुसार गतवर्ष यही समयमा १३.७१ प्रत...





























