संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ घर भई चितवनको भरतपुर महानगरपालिका-४ त्रिचोकमा बस्दै आएका पुरुष पक्राउ परेका छन् । २० लाख रुपैयाँ ठगीको आरोपमा ४२ वर्षीय अमित महतो भन्ने कृष्ण मुर्मुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मुर्मुले नवलपरासी घर भएका जोगबहादुर थारू र बच्चू गुरुङलाई ठगेका थिए ।

Advertisement

उनले नवलपरासी घर भएका जोगबहादुर थारू र बच्चू गुरुङसँगको मिलेमतोमा साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र व्यापार व्यवसाय गरी धेरै पैसा कमाउने प्रलोभनमा देखाई पाँचथरको फाल्गुनन्द-२ का चक्रराज रम्तेललाई ठगेका थिए ।

पीडितहरूको उजुरीका आधारमा चितवन प्रहरीसँगको सहकार्यमा उनलाई पक्राउ गरेर पाँचथर ल्याइएको पाँचथर प्रहरीका सूचना अधिकारी रूपेश तामाङले जानकारी दिए ।

पक्राउ परेका मुर्मुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखिएको छ । उनीमाथिको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!