संगालोखबर
फाइल तस्बिर

विराटनगर । जिल्ला कारागार मोरङमा एक महिला कैदी मृत भेटिएकी छन् । आज बिहान करिब ४ः३० बजेतिर सुनसरीको बराहक्षेत्र नगरपालिका-६ घर भएकी ३२ वर्षीया राधा भट्टराई (राधिका) मृत फेला परेकी हुन् ।

महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको कारागारका जेलर गौरव ढुङ्गेलले जानकारी दिए । उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

Advertisement

जेलर ढुङ्गेलका अनुसार उनी २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा रहेकी थिइन् भने जिल्ला अदालत सुनसरीले २०८१ कात्तिक ७ गते जन्मकैदको फैसला सुनाएको थियो ।

दुई नाबालक सन्तानसहित सप्तकोसी नदीको नहरमा हामफालेकी उनलाई एक जना सन्तानको मृत्यु भएपछि कर्तव्यज्यान मुद्दा चलेको थियो ।

अहिले उनको शव कारागारमै रहेको छ । आफन्त आउने क्रममा रहेकाले आइसकेपछि कानुनी प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइने ढुङ्गेलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!