संगालोखबर


पोखरा । सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै गोरखाको चुमनुब्री गाउँपालिका-६ का वडाध्यक्ष सरोज लामा विदेशिएका छन् । नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका उनी जर्मनी गएका हुन् ।

उनले जति काम गरेपनि राजनीतिमा जस नपाएको भन्दै विदेशिएको उल्लेख गरेका छन् । ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो’, उनले लेखेका छन्, ‘तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन ।’

उनले अबदेखि राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा समेत गरेका छन् । उनले जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात जिरोबाट सुरुवात गर्न विदेशिएको लेखेका छन् ।

लामाले वडा सदस्य ठीले ग्याम्चे लामालाई कार्यवाहक जिम्मेवारी थमाएर औपचारिक पत्र गाउँपालिकामा पठाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!