संगालोखबर

विराटनगर । विराटनगरको हिमालय रोडमा आगामी असोज ६ गतेबाट ‘विराट सडक महोत्सव’ हुने भएको छ । मञ्जिना मुभिज क्रियसनको आयोजनामा पाचौँ संस्करणको सडक महोत्सव हुन लागेको हो ।

Advertisement

आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै पाँच दिनसम्म महोत्सव चल्ने जानकारी दिएको छ । दशैंको अवसरमा महोत्सव गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए ।

महोत्सवमा विभिन्न जातजाति तथा स्टार होटलमा पाइने २५ वटा खानाका स्टलहरू रहने छन् भने मनोरञ्जनका लागि हरेक साँझ साङ्गीतिक कार्यक्रम हुने जनाइएको छ ।

आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको ताम्राकारको भनाइ छ । महोत्सव अवलोकनका लागि छिमेकी मुलुक भारतबाट समेत मानिसहरू आउने आयोजकले जनाएको छ ।

अवलोकन निःशुल्क गर्न सकिने र हिमालय रोडमा रहेका व्यवसायीहरूलाई कुनै किसिमको अवरोध नहुनेगरी महोत्सव सञ्चालन गरिने आयोजकको भनाइ छ । स्टलहरूको लागि बुकिङ समेत खुल्ला गरिएको अध्यक्ष ताम्राकारले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!