संगालोखबर

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ स्थित सौँठामा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । आज बिहान स्थानीय देउमान लिम्बुको जग्गामा बनेको घरमा टीका खनालले सञ्चालन गरेको चियाखाजा पसलमा बिहान ६ बजेतिर खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हो ।

Advertisement

सोही घरमा रहेको सूर्यमान श्रेष्ठको किराना तथा चस्मा पसल समेत जलेर नष्ट भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् ।

प्रहरीले दमकल र स्थानीयको सहयोगमा बिहान ७ बजेतिर आगलागी नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरभित्र रहेका तथा पसलका सामान जलेका छन् । आगलागीबाट मानवीय क्षति नभएको डीएसपी चुडालले जानकारी दिइन् ।

‘आगलागीबाट ५/७ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ’, डीएसपी चुडालले संगालोखबरसँग भनिन्, ‘थप बुझ्ने र विवरण संकलन गर्ने काम भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!