
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













