धनकुटा नगरको बजेट ९७ करोड
धनकुटा । धनकुटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९७ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । मङ्गलबार सम्पन्न भएको १६ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि ९७ करोड ६१ लाख ७८ हजार ५ सय ३८ बराबरको बजेट प्रस्तुत गरिएको हो ।
नगर प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख भीमा खनालले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ५३ करोड ६१ लाख ५९ हजार ७ सय ४८ रु...































