१२ औं भेडेटार फुड फेस्टिभल पुस १६ गतेदेखि
धनकुटा । धनकुटाको भेडेटारमा १२ औं फुड फेस्टिभल हुने भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनामा फेस्टिभल हुन लागेको हो । आज आयोजकले पत्रकार सम्मेलन गर्दै फेस्टिभल आगामी पुस १६ गतेदेखि १८ गतेसम्म हुन लागेको जानकारी दिएको छ ।
पूर्वको एक प्रमुख पर्यटकीय स्थल भेडेटारमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फेस्टिभल हुँदै आएको छ । भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि फेस्टिभल आयो...






























