
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सच्याउन माग गर्दै पत्रकारहरूले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको अगुवाइमा आज पत्रकारहरूले प्रदेशस्तरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा १३ जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।
नेपाल पत्रकार महासंघलगायतले दिएको सुझाव विपरीत प्रदेशको न्याय, प्रशासन तथा विधायन समितिले अझै कडाइ गर्ने प्रावधानसहितको प्रतिवेदन कोशी प्रदेशसभामा पेश गरेको छ ।
सो विधेयकलाई भदौ १३ गते बस्ने भनिएको प्रदेशसभा बैठकबाट पारित गर्ने तयारी गरेपछि पत्रकारहरू आन्दोलित भएका हुन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले विधेयक नसच्चिएसम्म आन्दोलन जारी रहने बताए ।

संगालोखबर 













