संगालोखबर


धनकुटा । धनकुटा बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ । बजारको सुरक्षालाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान गरिएको हो । भिमनारायण चोक, भिमसेन थान, निशान मन्दिर, परिचय मोड, कोशी ग्यास, हस्पिटल लाइन, मदन चोक, श्रीवानी र बसपार्क क्षेत्रमा क्यामेरा जडान गरिएको छ ।

अपराधजन्य र चोरीका घटना हुन नदिन तथा त्यस्ता घटना भइहालेमा निगरानी गर्न सहज होस् भन्ने उद्देश्यले सीसी क्यामेरा जडान गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले जानकारी दिए ।

Advertisement

‘कँही कतै चोरी तथा अपराधजन्य घटना घटेमा सीसी क्यामेराको माध्यमबाट पहिचान गरेर अनुसन्धानमा सहयोग पुग्छ’, एसपी थापाले संगालोखबरसँग भने, ‘यसबाट बजार क्षेत्रको निगरानीमा सहयोग हुन्छ ।’

जडान गरिएका सीसी क्यामेरा जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहनेछन् । धनकुटामा पछिल्लो समय चोरीजन्य घटना बढेसँगै सीसी क्यामेरा जडान गरिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!