
धनकुटा । धनकुटा नगरपालिका-६ फोक्ल्याण्डटापुबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय एलन लिम्बु, २२ वर्षीय रविन मल्लिक, २० वर्षीय उदय शाह, धनकुटा-४ देब्रेबासका २३ वर्षीय रोनिश थापा र धरान-१ का २५ वर्षीय धनबहादुर भुजेल छन् ।
मंगलबार राति करिब ११ बजे ब्राउन सुगरसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
एलनको घरमा लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको धनकुटाका प्रहरी प्रमुख एसपी शदरकुमार थापा क्षेत्रीले जानकारी दिए । लिम्बूको घरमा खानतलासी गर्दा प्रहरीले ८ सय ७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 













