संगालोखबर


धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ मा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आज बिहान करिब ९ बजे उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवदुर्गा-५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद छन् । 

Advertisement

अन्य ६ जना घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपमा चालकसहित १० जना सवार रहेको खुलेको छ । जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!