सुनको मूल्य तोलामा दुई हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला एक लाख ५१ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलबार एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबा...




























