संगालोखबर


विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कनबाट रोक्न नमिल्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले दुनियाँमा यस्ता उदाहरणहरू धेरै रहेका तथा नेपालको संविधान, ऐन र कानुनले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेर कुनै प्रतिबन्ध नलगाएको उल्लेख गरे ।

Advertisement

‘दुनियाँमा यस्ता धेरै उदाहरणहरू छन् जो राष्ट्रपति भएपछि प्रधानमन्त्री भएका छन्’, उनले भने, ‘प्रधानमन्त्री भएपछि फेरि राष्ट्रपति भएका छन् । त्यतिमात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रको अनुभवको कुरा गर्ने हो भने राष्ट्रपति महानगरपालिकाको मेयर भएका उदाहरण पनि विश्वमा धेरै छन् ।’

यस्तै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद चीन भ्रमणपछि सुरु भएको बताएका छन् । उनले भण्डारीको चीन भ्रमण ओलीकै सहमतिमा भएको र भविष्यमा उनलाई अध्यक्ष बनाउने कुरा पनि दुई नेताबीच चलेको तर चीन भ्रमणपछि के भयो भन्ने आफूलाई जानकारी नभएको उल्लेख गरे ।

उनले विद्या भण्डारीको ‘प्लान बी’ बारे आफूलाई कुनै जानकारी नभएको बताए । प्रचण्डले वर्तमान राजनीतिक अवस्थामा देशको निकासका बारेमा चर्चा परिचर्चा हुनु स्वाभाविक भएको बताए ।

आफूले पहिले उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याएपछि त्यसले कतै न कतै प्रत्यक्ष वा परोक्ष रूपमा विद्या भण्डारीका लागि पनि ढोका खोलिदिएको धारणा राखे । पार्टीको कोशी प्रदेश कमिटी सचिवालय बैठकमा सहभागी हुन प्रचण्ड आज बिहान विराटनगर आएका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!