संगालोखबर


विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान-२०८२ सार्वजनिक गरेको छ । ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने मूल नारासहित सुरु गर्न लागिएको अभियान देशव्यापी हुने जनाइएको छ ।

परिषद्ले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै युवामाझ सकारात्मक सोच, जिम्मेवारीबोध र देशप्रतिको दायित्व चेतना फैलाउने उद्देश्यले अभियान सुरु गरिएको जनाएको छ ।

देशमा फैलिएको निराशा, नकारात्मकता, अविश्वास र मूल्यहीनताले समाजमा प्रतिकूल प्रभाव पारिरहेको अवस्थामा युवालाई राष्ट्रहितका काममा उन्मुख गराउने उद्देश्यसहित अभियान थालनी गरिएको अभियानकी सह-संयोजक मुना विष्टले बताइन् ।

अभियानअन्तर्गत विद्यालय, क्याम्पस र समुदायस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिने विष्टले जानकारी दिइन् । उनका अनुसार देशभरका युवा विद्यार्थीहरूबाट सुझाव संकलन गरिने छ ।

यस्तै राष्ट्रप्रति कर्तव्य निर्वाह र समर्पणभाव जगाउने उद्देश्यले ‘राष्ट्रका लागि संकल्प’ अभियान, क्याम्पसका युवामाझ ‘सकारात्मक कुराकानी श्रृङ्खला’, युवा प्रेरक कार्यक्रम तथा पोष्टर वितरणमार्फत नागरिकको कर्तव्य के हो भन्ने धारणा विकास गराउन अभियानले भूमिका खेल्ने विश्वास लिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!