कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी : ३० दिनभित्र तस्करी रोक्न गृहमन्त्रीको निर्देशन
विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रबाट हुने तस्करी रोक्न निर्देशन दिएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले ३० दिनभित्र तस्करी रोक्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।
उनले तस्करीले अपराध बढाएको र राजश्व घटाएको भन्दै चिन्ता व्यक्त गरे । उनले तस्करी नरोकिएको खण्डमा गृह मन्त्रालयले ‘एक्सन’ लिने बताए । उनले शान्ति सुरक्...





























