संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार छ सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६५ हजार कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक सय ८५ रुपैयाँ बढेर चार हजार छ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!