घरेलु रक्सीलाई ‘तीनपाने’ नाममा ब्रान्डिङ गर्न सांसदको प्रस्ताव
विराटनगर । नेपाली ‘लोकल’ रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको योजनाको समर्थन गर्दै एकजना संघीय सांसदले त्यसको नाम तीनपाने रक्सी राख्न प्रस्ताव गरेकी छन् । नेकपा एमालेकी सांसद सूर्यकुमारी श्रेष्ठले आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यस्तो प्रस्ताव राखेकी हुन् ।
सरकारले आगामी आर्थिक बर्ष २०८१–८२ को बजेटमा लोकल रक्सीको ब्रान्डिङ गर्ने भनेको छ । यसको समर्थन गर्दै एमाले सांसद श्रेष्ठले नेपाली ब्रान्डक...



























