संगालोखबर
फाइल तस्वीर ।

सुनसरी । मोरङ र सुनसरीको सीमामा पर्ने बुढीखोलामा बगेर एकजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । खोलाले चारजना बगाएकामा एकजनाको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा–५ की २२ वर्षीया प्रेमकला चौधरी छिन् । बेपत्ता हुनेमा सुन्दरहरैँचा–५ की ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फूला चौधरी छन् । बगेकामध्ये सुन्दरहरैँचा–५ की २२ वर्षीया स्वस्तिका चौधरीको उद्धार गरिएको गरिएको थियो ।

Advertisement

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले संगालोखबरलाई दिएको जानकारीअनुसार खोलाले बगाएकाहरु मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का बासिन्दा हुन् ।

बगेकामध्ये एकजनाको प्रेमकलाको शव गौरीगाउँस्थित खोला किनारमा भेटिएको कार्कीले बताए । बेपत्ता भएका दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीको टोली र स्थानीय बासिन्दा मिलेर बेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् ।

 

सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!