करेन्ट लागेर सुनसरी र सप्तरीमा दुईजनाको मृत्यु

करेन्ट लागेर सुनसरी र सप्तरीमा दुईजनाको मृत्यु

सुनसरी । सुनसरी र सप्तरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–१ लौकी घर भई इटहरी–१३ स्थित रिलायन्स फर्मा पोली प्रालिमा काम गर्ने २७ वर्षीय अर्जुनकुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो । कम्पनी नजिकै रहेको कलबाट पानी तान्ने क्रममा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ...
सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

सुनसरी । निरन्तरको वर्षाका कारण सुनसरीको बुढीखोलामा पानीको बहाव निकै बढेको छ । बुढीखोला जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको भन्दै आसपासका क्षेत्रमा सावधानी अपनाउन सुझाव दिइएको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै बुढीखोलामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन भनेको हो । उक्त खोलाको तटीय क्षेत्रको डुबान भइरहने ह...
सर्वोच्च अदालतबाट आजै फैसला आउने सम्भावनाः के होला कोशी सरकार ?

सर्वोच्च अदालतबाट आजै फैसला आउने सम्भावनाः के होला कोशी सरकार ?

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वाेच्च अदालतबाट आज फैसला आउने सम्भावना छ । सर्वोच्चको फैसला कस्तो आउला भन्ने जिज्ञासा राजनीतिक वृत्तसहित सर्वसाधारणमा पनि देखिन्छ । पटकपटक अदालतमा पुगेको कोशी सरकारको विषयले यसपटक कस्तो निकास पाउला भन्ने जिज्ञासाको उत्तर सर्वोच्चको फैसलाले दिने निश्चित छ । उक्त मुद्दामा आज अन्तिम बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र न...
बङ्गलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपकाे सेमिफाइलनमा

बङ्गलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपकाे सेमिफाइलनमा

विराटनगर । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्रिकेटको सुपर आठअन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तान पहिलाे पटक सेमिफाइनलमा पुगेकाे हो । जीतका लागि १९ ओभरमा १ सय १४ रनकाे लक्ष्य पछ्याएकाे बङ्गलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अल आउट भयाे । बङ्गलादेशका लिटन दासले नट आउट ५४ रन बनाए । अफगानिस्तानका ...
विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक निलम्बित

विद्यार्थीलाई पाइपले कुट्ने शिक्षक निलम्बित

झापा । विद्यार्थीलाई कुटपिट गर्ने झापाको बुद्धशान्ति–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयका शिक्षक विवेश भण्डारीलाई निलम्बन गरिएको छ । कक्षा ७ का विद्यार्थीहरुलाई कुट्ने ‘डिसिप्लिन इन्चार्ज’ भण्डारीलाई विद्यालयले निलम्बन गरेको हो । विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गर्ने निर्ण गरेको समिति अध्यक्ष मनोरथ तिवारीले बताए । एक महिनाभित्र समितिमा लिखित स्पष्टीकरण द...
चट्याङ लागेर झापामा दुईजनाको मृत्यु

चट्याङ लागेर झापामा दुईजनाको मृत्यु

झापा । झापाका बेग्लाबेग्लै स्थानमा चट्याङ लागेर आज दुईजनाको मृत्यु भएको छ । चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए । य...
मोरङमा राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरू

मोरङमा राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरू

विराटनगर । राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संकलनका लागि मोरङमा अभियान सुरु भएको छ । विवरण संकलन भइसकेका वडामा पुगेर परिचयपत्र वितरण गर्ने र छुटेकाहरूको विवरण संकलन गरिने भएको हो । जिल्लाका १७ पालिकामध्ये पहिलो चरणमा रंगेली नगरपालिकाका सबै वडा तथा विराटनगर महानगरपालिकाको १ देखि ८ नम्बरका वडा र ११ नम्बर वडामा परिचयपत्र वितरण गर्न लागिएको हो । मंगलवारदेखि विराटनगर महानगरपालिका र रंगेली नगरपालि...
राष्ट्रिय जुडोमा एकै परिवारका तीन दाजुबहिनीले जिते स्वर्णपदक

राष्ट्रिय जुडोमा एकै परिवारका तीन दाजुबहिनीले जिते स्वर्णपदक

विराटनगर । एकै परिवारका तीनजना खेलाडीले राष्ट्रिय जुडो प्रतियोगिताको १९ औं संस्करणमा स्वर्णपदक जित्न जितेका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ–आफ्नो तौल समूहमा स्वर्णपदक जितेका हुन् । काठमाडौंमा भएको प्रतियोगिताको ६६ केजीमुनि इन्द्र, ५२ केजीमुनि देवकी र ४८ केजीमुनि निशाले स्वर्ण जितेका थिए । इन्द्र पुलिस क्लब तथा देवकी र निशाले वाग्मती प्रदेशबाट खेलेका थिए । तीनैजना...
अस्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

अस्ट्रेलियालाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराएर भारत सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत समूह 'ए' को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो । गएराति भएको खेलमा भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर ब्याटर ट्रेभिस हेडले ७६ रन र मिचेल मार्सले ३७ रन बनाए...
रंगेली नगरपालिकाको बजेट ७२ करोड

रंगेली नगरपालिकाको बजेट ७२ करोड

विराटनगर । मोरङको रंगेली नगरपालिकाले दशौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख भुमा पराजुलीले ७२ करोड चार लाख १५ हजार ५८ रुपैयाँ बराबरको आय व्यय विवरण प्रस्तुत गरेकी हुन् । बजेटमा चालुतर्फ ४८ करोड ९६ लाख ३ हजार ५८ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ८ लाख ११ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमा रंगेली अस्पताल व्यवस्थापन, अति विपन्न प...
तपश्वी बम्जन बालयौन दुराचारमा दोषी ठहर

तपश्वी बम्जन बालयौन दुराचारमा दोषी ठहर

सर्लाही । आफूलाई तपश्वी दाबी गर्दै आएका रामबहादुर बम्जन बालयौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत सर्लाहीले सोमवार उनलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहराएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । बम्जनमाथि सजाय निर्धारणका लागि भने पछि पेसी तोकिने अदालतले जनाएको छ । बम्जनविरुद्ध बालयौन दुरुपयोगमा १८ वर्षीया किशोरीका त...
देशभर फैलियो मनसुन, यसवर्ष औसतभन्दा बढी पानी पर्ने

देशभर फैलियो मनसुन, यसवर्ष औसतभन्दा बढी पानी पर्ने

विराटनगर । यस वर्षको मनसुन प्रणाली देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ २८ गते कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन भित्रिएको थियो । त्यसपछि क्रमशः मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश हुँदै सोमवार देशभर फैलिएको महाशाखाले जनाएको छ । यतिबेला देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ...
पेस्तोल र बन्दुकसहित दुईजना पक्राउ

पेस्तोल र बन्दुकसहित दुईजना पक्राउ

विराटनगर । उदयपुर र ताप्लेजुङका छुट्टाछुट्टै स्थानबाट पेस्तोल र भरुवा बन्दुक सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका–३ का २० वर्षीय जुलेस रायमाझी र ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–४ का ४३ वर्षीय नरेश फुयाङ लिम्बु छन् । उदयपुरको त्रियुगा–१२ स्थित साथीको घरमा गएका रायमाझीले साथमा पेस्तोल बोकेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उद...
मनकारीले गरे मोरङको धनपालका असहाय परिवारलाई सहयोग

मनकारीले गरे मोरङको धनपालका असहाय परिवारलाई सहयोग

विराटनगर । मोरङको धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारका लागि ‘आभा फाउन्डेसन’ ले सहयोग गरेको छ । स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जीवन चलाउनु पर्ने बाध्यता भएकाले सहयोग गरिएको हो । आभा फाउन्डेसनकी अध्यक्ष सीता शाहको नेतृत्वमा, अम्बिका शाह, आर्यन स्वर्णकार र गोविन्द शाह लगायतका सदस्यहरूले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । उन...
धनकुटामा झमक घिमिरेको नामबाट गरियो सडकको नामकरण

धनकुटामा झमक घिमिरेको नामबाट गरियो सडकको नामकरण

धनकुटा । देश-विदेशमा प्रसिद्ध राष्ट्रिय प्रतिभा झमक घिमिरेको सम्मानस्वरुप धनकुटा नगरपालिकाले नगरको एउटा सडकलाई उनकै नाममा नामकरण गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको आइतवार बसेको बैठकको यस्तो निर्णय गरेको हो । मदन पुरस्कार विजेता तथा धनकुटाको गहनाका रुपमा रहेकी झमकको सम्मानका लागि धनकुटा–६ स्थित आयुर्वेदिक अस्पतालदेखि वडा ४ मा पर्ने स्कुलडाँडासम्मको सडकलाई उनकै नाममा नामकरण गर्ने निर्णय भएको...
खोलाको भँगालोमा बेपत्ता भएका मजदुर मृत भेटिए

खोलाको भँगालोमा बेपत्ता भएका मजदुर मृत भेटिए

पाँचथर । पाँचथर र ताप्लेजुङको सीमामा पर्ने इन्द्रावती खोलाको भँगालोमा खसेर बेपत्ता भएका एकजना भारतीय मजदुर मृत अवस्थामा फेला परेका छन् । शनिबार शौच गर्ने क्रममा खुट्टा चिप्लिएर भँगालोमा खसेका ४० वर्षीय बैकुण्ठ बिहारी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानभन्दा केही तल सिदिङ्वा गाउँपालिका–३ स्थित नदी किनारमा आइतबार साँझ बिहारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी ताप्...
प्रविधियुक्त बनेसँगै इलामका सरकारी विद्यालयमा विद्यार्थीको चाप

प्रविधियुक्त बनेसँगै इलामका सरकारी विद्यालयमा विद्यार्थीको चाप

इलाम । इलाम नगरपालिका–५ बिब्ल्याँटेकी चेसुुङ जवेगु सदरमुकामका नाम चलेका बोर्डिङ स्कुल छाडेर गाउँकै सरकारी स्कुलमा जान थालिन् । कक्षा ७ सम्म बिब्ल्याँटेको माउन्टमेरी स्कुलमा अध्ययन गरेकी जवेगुुलाई थप अध्ययनका लाागि थुुप्रै विद्यालयहरु विकल्पमा थिए । अहिले कक्षा ९ मा अध्ययनरत उनी गाउँको अमर कल्याण मावि रोज्नुको मुख्य कारण मान्छिन्, त्यहाँको प्रविधिमैत्री अध्ययन अध्यापन गर्ने शैली । कम्युुटर इन्जि...
मोटरसाइकलको ठक्करले उदयपुरमा वृद्धाको मृत्यु

मोटरसाइकलको ठक्करले उदयपुरमा वृद्धाको मृत्यु

उदयपुर । मदन भण्डारी राजमार्गको बेलका नगरपालिका–५ मा मोटरसाइकलको ठक्करले पैदलयात्री महिलाको मृत्यु भएको छ । सुपाडेबाट चतरातर्फ गइरहेको ‘अनटेस्ट’ मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ८९ वर्षीया मायासरी राईको मृत्यु भएको हो । प्रहरीका अनुसार ठक्करले टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका...
सहिदभूमिको बजेट ४५ करोड ५८ लाख

सहिदभूमिको बजेट ४५ करोड ५८ लाख

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४५ करोड ५८ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा आइतबार भएको दोस्रो गाउँसभाको पाँचौ अधिवेशनमा उपाध्यक्ष रत्नश्वरी राईले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ३७ लाख बजेट विनियोजन गरिएको छ । व्यावसायिक पशुपालन का...
कोशी प्रदेशस्तरीय लोकदोहोरीमा तेह्रथुमको समूह पहिलो

कोशी प्रदेशस्तरीय लोकदोहोरीमा तेह्रथुमको समूह पहिलो

संखुवासभा । मकालु साहित्यिक समाज संखुवासभाको आयोजनामा पञ्चेबाजामा कोशी प्रदेशस्तरीय लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा तेह्रथुमका कमल बुढाथोकी र भूमिका खनालको समूहले प्रथम स्थान प्राप्त गरेको छ । त्यस्तै, खोटाङको गंगा गौतम र रमेश आचार्यको समूह द्वितीय भयो भने संखुवासभाको मनकामना समूह तृतीय भयो । प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २५, २० र १५ हजारका साथमा प्रमाणपत्र प्र...
‘प्रेमिकाबाट धोका पाएपछि’ धनकुटा अस्पतालका कर्मचारी मेहताले रोजे मृत्यु

‘प्रेमिकाबाट धोका पाएपछि’ धनकुटा अस्पतालका कर्मचारी मेहताले रोजे मृत्यु

धनकुटा । धनकुटा जिल्ला अस्पतालमा कार्यरत् ल्याब असिस्टेन्ट अर्जुन मेहता मृत अवस्थामा फेला परेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका २८ वर्षीय मेहताले प्रेमिकाबाट धोका पाएको आशयको स्टाटस लेखेर ‘आत्महत्या’ गरेका हुन् । केही दिनका लागि बिदामा घर गएका उनी आज बिहान मृत अवस्थामा भेटिएको जानकारी आएको अस्पताल स्रोतले जनाएको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले घटनाको पुष्टि गर्दै यसबार...
सोलुखुम्बुको ५४४१ फिट उचाईमा नृत्य गरेर सुरेन्द्र र सुसनले बनाए विश्व कीर्तिमान

सोलुखुम्बुको ५४४१ फिट उचाईमा नृत्य गरेर सुरेन्द्र र सुसनले बनाए विश्व कीर्तिमान

काठमाडौं । नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङ गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन् । सुसन र सुरेन्द्रले १९ मे (जेठ ६ गते) सोलुखुम्बुस्थित काला पत्थरमा आफ्नो कला पस्केका थिए । काला पत्थर ५६४४.५ मिटर (१८,५१९ फिट) ...
कोशी सरकारविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

कोशी सरकारविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री विवादमा तत्कालीन मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आज मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट बहस हुने भएको छ । मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा जेठ ३१ गतेदेखि बहस सुरु भएको थियो । यसअघि निवेदक कार्कीका तर्फब...
झापाको कमल गाउँपालिकाका तीनजना किशोरी पाँच दिनदेखि बेपत्ता

झापाको कमल गाउँपालिकाका तीनजना किशोरी पाँच दिनदेखि बेपत्ता

झापा । झापाको कमल गाउँपालिका–७ का तीनजना किशोरी पाँच दिनदेखि सम्पर्कविहीन बनेका छन् । उक्त वडाको बाह्रघरे टोलका उनीहरु गत असार ५ गतेदेखि बेपत्ता भएका हुन् । खोजी जारी राखिए पनि फेला पार्न नसकिएको परिवारले जनाएका छन् । स्थानीय १३ वर्षीया जेनिसा श्रेष्ठ, १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकियासन बेपत्ता भएका हुन् । परिवारले खोजीका लागि प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् । परिव...
झापाको अर्जुनधारामा आगलागी हुँदा लाखौंको क्षति

झापाको अर्जुनधारामा आगलागी हुँदा लाखौंको क्षति

झापा । झापाको अर्जुनधारामा भएको आगलागीमा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । अर्जुनधारा–११ नयाँ बसपार्कस्थित एक ग्यारेजमा बिजुली सर्ट भइ आइतबार बिहान आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय कमल कालिकोटेले सञ्चालन गरेको उक्त ग्यारेजमा बिहान करिब साढे ७ बजे आगलागी सुरु भएको थियो । आगलागीमा ग्यारेजको टहरा, पार्टपूर्जा र अन्य सामान जलेर नष्ट हुँदा ९ लाख रुपैयाँभन्दा बढीको क...
पहिरोले जोखिम बढेपछि पाँचथरको याङ्वरकका ९६ परिवार विस्थापित

पहिरोले जोखिम बढेपछि पाँचथरको याङ्वरकका ९६ परिवार विस्थापित

पाँचथर । बाढी र पहिरोका कारण पाँचथरको याङ्वरकका ९६ परिवार विस्थापित बनेका छन् । उक्त गाउँपालिकाको वडा २ र ३ का त्यति परिवार विस्थापित भएका हुन् । असार लागेयता निरन्तर भइरहेको वर्षापछि पहिरो खस्दा अनि स्थानीय खोलामा आएको बाढीले जोखिम बढेपछि गाउँले सुरक्षित स्थान खोज्दै अन्यत्र गएका छन् । प्रहरीका अनुसार याङ्वरक गाउँपालिका ३ नम्बर वडाका ५४ र २ मा ४२ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु व...
शौच गर्न जाँदा चिप्लिएर खोलामा खसेका मजदुरको मृत्यु

शौच गर्न जाँदा चिप्लिएर खोलामा खसेका मजदुरको मृत्यु

पाँचथर । ताप्लेजुङ र पाँचथरको सीमा भएर बग्ने इन्द्रावती खोलाले बगाउँदा भारतीय एक मजदुरको मृत्यु भएको छ । पाँचथरको याङवरक गाउँपालिका–३ ओयाममा निर्माणाधीन इङवा हाइड्रो पावर कम्पनीमा कार्यरत् ४० वर्षीय बैकुण्ठ बिहारीको शनिवार मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर भण्डारीका अनुसार उनी इङवा हाइड्रो प्रालिमा मिक्स्चर उपकरण चलाउँदै आएका थिए । शौच गर्न गएका बेला खुट्टा चिप्लिएर उनी इन्द्रा...
टिपरको ठक्करले संखुवासभाको चैनपुर नगरपालिकाका कर्मचारीको मृत्यु

टिपरको ठक्करले संखुवासभाको चैनपुर नगरपालिकाका कर्मचारीको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुरमा भएको सवारी दुर्घटनामा नगरपालिकाका कर्मचारीको मृत्यु भएको छ । चैनपुर नगरपालिका–८ मा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार ४९ वर्षीय पदम श्रेष्ठको मृत्युृ भएको हो । उनी चैनपुर नगरपालिकाको योजना शाखाका कर्मचारी हुन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत चैनपुर–सभाखोला सडक खण्डको घुमाउरो ठाउँमा शनिबार बेलुका दुर्घटना भएको हो । चैनपुरबाट खराङ जाँदै गरेको प्रदेश ०१–०२ ख ...
करणले जिते नेपाल आइडलको उपाधि

करणले जिते नेपाल आइडलको उपाधि

काठमाडौं । बर्दियाका करण परियारले नेपाल आइडल सिजन-५ को उपाधि जितेका छन् । काठमाडौंमा शनिवार राती सम्पन्न ग्रान्ड फिनालेमा पोखराकी सलोमी गुरुङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई उछिन्दै करणले उपाधि जितेका हुन् । उपाधिसँगै करणले नगद २५ लाख र ट्रफी पाएका छन् । फस्ट रनरअप सलोमीले १० लाख र सेकेन्ड रनरअप सचिनले ५ लाख नगद पुरस्कार पाएका छन् । एपीवान टेलिभिजनले फागुन २४ देखि गायन रियालिटी शो...
कोशीसहित देशभरका राहत शिक्षक आन्दोलन उत्रने

कोशीसहित देशभरका राहत शिक्षक आन्दोलन उत्रने

विराटनगर । सरकारले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राहत शिक्षकहरु फेरि आन्दोलनमा उत्रने भएका छन् । नेपाल राहत शिक्षक कोशी प्रदेश समिति र नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति मोरङको शनिबार मोरङको बेलबारीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बेलबारीको वेतना सिमसार क्षेत्रस्थित सभा हलमा कोशी प्रदेश अध्यक्ष गुरुप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा कोशी प्रदेशका १४ वटै जिल्लाका अध्...
मोरङको रतुवामाईका तिमिल्सिना मलेसियाको राजदूतमा सिफारिस

मोरङको रतुवामाईका तिमिल्सिना मलेसियाको राजदूतमा सिफारिस

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ का डा. नेत्र तिमिल्सिना मलेसियाको राजदूतमा सिफारिस भएका छन् । सरकारले उनीसहित विभिन्न ८ देशका लागि राजदूत सिफारिस गरेको हो । पार्टीको सामाजिक सेवा विभागका केन्द्रीय सचिव रहेका तिमिल्सिना नेकपा एमालेका तर्फबाट राजदूत सिफारिसमा परेका हुन् । उनी नेपाल रेडक्रस सोसाइटी र गैरसरकारी संस्था महासंघ नेपालका पूर्वअध्यक्ष समेत हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बै...
error: Content is protected !!