आमाको मुख मिठ्याउने मेलो (तस्वीर)

आमाको मुख मिठ्याउने मेलो (तस्वीर)

आमाको मुख मिठ्याउने मेलोः मातातीर्थ औँसीको दिन आज बिहान धनकुटाको हुलाकटोलस्थित पसलमा फलफूल तथा मिठाई किन्न आएका ग्राहकको भीड । आमाको मुख हेर्ने दिन पनि भनिने मातातीर्थ औँसीमा आमालाई मिठो खानेकुरा दिएर मुख हेर्ने चलन छ । तस्वीर: रबिन कटेल/संगालोखबर
देश दौडाहामा खानेपानी मन्त्री राई

देश दौडाहामा खानेपानी मन्त्री राई

विराटनगर । खानेपानीका लागि जनताले भोगिरहेको समस्या बुझेर समाधान खोज्नका लागि खानेपानी मन्त्री राजेन्द्र राई अहिले देश दौडाहामा छन् । जनताका समस्यालाई नजिकबाट प्रत्यक्ष नियालेर समाधानको खोजी गर्न मन्त्री राई जिल्ला–जिल्ला पुगिरहेका छन् । चालु आर्थिक वर्ष सकिन लागेकाले अहिले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माणको क्रम चलिरहेको छ । बिभिन्न जिल्लावासीले भोगिरहेका खानेपानी समस्याको जटिलतालाई प...
जारको पानीमा मरेको किरा र भातको सिता

जारको पानीमा मरेको किरा र भातको सिता

धनकुटा । धनकुटामा जारको पानीमा किरा र भातको सिता फेला परेको छ । सुनसरीको इटहरी–१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र पखेटासहितको मरेको किरा र भातको सात वटा सिता फेला परेको हो । धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट खरिद गरेर कर्मचारी सञ्चयकोषको सेवा केन्द्रमा लगिएको जारको पानीमा अखाद्य बस्तु फेला परेको हो । सञ्चयकोषका कर्मचारीले आइतबार चार वटा...
पूर्वी पहाडमा तराइका पेट्रोल पम्पको अवैध धन्दा

पूर्वी पहाडमा तराइका पेट्रोल पम्पको अवैध धन्दा

धनकुटा । तराई क्षेत्रका पेट्रोल पम्पहरूले धनकुटासहित पूर्वी पहाडी जिल्लामा अवैध रुपमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ बिक्री गर्ने गरेको पाइएको छ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको प्रावधान विपरित पम्पहरूले निर्माण आयोजनाहरूमा ‘सेटिङ्ग’ मा ट्याङ्करबाटै तेल बेच्ने गरेको पाइएको हो । उनीहरूले आयल निगमबाट नभई भारतबाट सिधै खरिद गरेर कर छली गरी पेट्रोलियम पदार्थ ल्याएर अवैध रुपमा ...
अत्यावश्यक सेवामा विराटनगरका पेट्रोल पम्प सञ्चालकको हेलचेक्र्याइँ

अत्यावश्यक सेवामा विराटनगरका पेट्रोल पम्प सञ्चालकको हेलचेक्र्याइँ

विराटनगर । पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवालाई सरकारले अत्यावश्यक सेवामा राखेको छ । अत्यावश्यक सेवामा हड्ताल गर्नसमेत निषेध छ । तर, विराटनगर महानगर क्षेत्रका पेट्रोल पम्प सञ्चालकहरूले होलीको दिन मंगलबार अर्थपूर्ण कारण बिनानै सबै पेट्रोल पम्प एकैपटक बन्द गरेर अत्यावश्यक सेवामा हेलचेक्र्याइँ गरेका छन् । जसका कारण गाडीमा तेल हाल्न नपाउँदा सर्वसाधारणले सास्ती मात्...
प्रदेश नामकरण सकसपूर्ण बन्ने संकेत, आन्दोलन चर्काउन उक्साउँदै मुख्यमन्त्री

प्रदेश नामकरण सकसपूर्ण बन्ने संकेत, आन्दोलन चर्काउन उक्साउँदै मुख्यमन्त्री

विराटनगर । प्रदेश १ को नाम ‘किरात’ राख्नका लागि दवाव सृजना गर्न मुख्यमन्त्री राजेन्द्र कुमार राईले नै पहिचान पक्षधरहरूलाई आन्दोलनका लागि उक्साउने काम गरिरहेको खुलासा भएको छ । किरात प्रदेश नामकरणका लागि किरात राई यायोक्खाको अगुवाइमा सोमबार विराटनगरमा गरिएको दवावमुलक आन्दोलनका क्रममा जातीय सङ्घसंस्थाका नेताहरूले नै यो कुरा खुलासा गरेका हुन् । किरात प्रदेश नामकरणको माग गर्दै मुख्यमन्त्री कार्यालय ...
चुनावपछि सुन्दरहरैंचा कांग्रेसभित्र विवाद, नेता सिटौला र ढकाल खुलेरै आरोप प्रत्यारोपमा

चुनावपछि सुन्दरहरैंचा कांग्रेसभित्र विवाद, नेता सिटौला र ढकाल खुलेरै आरोप प्रत्यारोपमा

विराटनगर । गत स्थानीय तह निर्वाचनको विषयलाई लिएर मोरङको सुन्दरहरैंचामा कांग्रेसभित्र विवाद सृजना भएको छ । पार्टीभित्रको आन्तरिक कलहका कारण नेताहरू खुलेरै आरोप प्रत्यारोपमा उत्रिएका छन् । जसका कारण पार्टी कार्यालय तोडफोडसम्मको स्थिति सृजना भएको छ । गत मङ्गलबारका लागि तय भएको नगर कार्य समितिको नियमित बैठक नै भाँडिएको छ । कांग्रेसका तर्फबाट मेयर पदका लागि उम्मेदवार बनेका शिवप्रसाद ढकाल पराजित बनेप...
सन्तुष्ट छैनन् मोरङका उद्योगी व्यवसायी, सरकारसँग गुनासै गुनासो

सन्तुष्ट छैनन् मोरङका उद्योगी व्यवसायी, सरकारसँग गुनासै गुनासो

विराटनगर । मूलुकको महत्वपूर्ण औद्योगिक क्षेत्र मानिने मोरङका उद्योगी व्यवसायीहरु सरकारको भूमिका प्रति सन्तुष्ट छैनन् । सरकारले औद्योगिक क्षेत्रको विकास गर्न सहज वातावरण नबनाएको, साना र ठूला उद्योगबीच नै विभेद गरेको, नीतिगत संकट पारेर उद्योगीलाई पेल्ने गरेको र स्वदेशी उत्पादन बृद्धिमा निरुत्साहित बनाएको उनीहरुको गुनासो छ । जुनसुकै सरकार आएपनि उद्योगी व्यवसायीका माग सुनुवाइमा गम्भीर नबनेको प्रति ...
सत्ता गठबन्धनमा ‘भाडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी

सत्ता गठबन्धनमा ‘भाडभैलो’, वडादेखि पालिका प्रमुखसम्मै दोहोरो उम्मेद्वारी

धनकुटा । धनकुटामा वडा तहसम्मै सबै पदमा साझा उम्मेद्वार उठाउँने घोषणा गरेर बनेको चार दलिय सत्ता गठबन्धन अन्ततः भद्र तालमेलमा असफल बनेको छ । गठबन्धन आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले जिल्लाका बिभिन्न ठाउँमा दोहोरो उम्मेद्वारी दर्ता गराएका छन् । धेरै ठाउँमा गठबन्धन सम्बद्ध दलहरुबाट वडा सदस्यदेखि पालिका प्रमुखसम्म नै दोहोरो उम्मेद्वारी परेक...
‘विज्ञापनको कमिसनले सरकारी कर्मचारी मालामाल, मिडिया मारमा’

‘विज्ञापनको कमिसनले सरकारी कर्मचारी मालामाल, मिडिया मारमा’

विराटनगर । विराटनगरका पत्रकारहरुले सरकारी सूचना तथा विज्ञापन सञ्चारमाध्यममा प्रकाशन/प्रशारण गर्दा सञ्चारमाध्यमले पाउँने भन्दा बढी रकम सरकारी कर्मचारीले कमिसन बापत लिने गरेकाले सञ्चारक्षेत्र मारमा परेको गुनासो गरेका छन् । सरकारी कर्मचारीले विज्ञापनको कमिसनमा मोलमोलाई गर्ने र कमिसन कम भए स्थानीय सञ्चारमाध्यमलाई नदिई एजेन्सीमार्फत राष्ट्रिय मिडियामा महंगो शुल्कमा विज्ञापन दिँदा स्थानीय मिडिया मारमा...
विद्युत प्राधिकरणको लापरबाहीले बत्ती अनियमित हुँदा उपभोक्ता मारमा

विद्युत प्राधिकरणको लापरबाहीले बत्ती अनियमित हुँदा उपभोक्ता मारमा

धनकुटा । धनकुटामा विद्युत प्राधिकरणको लापरबाहीका कारण विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । वारम्वार बत्ती जाने/आउने गर्दा उपभोक्ता हैरान मात्र भएका छैनन् विद्युतको माध्यमबाट सञ्चालन हुने व्यवसाय नै चौपट हुने अवस्था सृजना भएको छ । विद्युत प्राधिकरणले लोडसेडिङ नरहेको दावी गर्दै आएको छ । तर, बत्ती भने वारम्वार गइरहन्छ । दिनमै दर्जनौं पटक बत्ती जाने/आउने गर्छ । जसका कारण उपभोक्ताहरू आजि...
धनकुटाबाट अबैध गाँजा र रक्सी ओसार्न एम्बुलेन्स दुरुपयोग, यसरी खुल्यो रहस्य

धनकुटाबाट अबैध गाँजा र रक्सी ओसार्न एम्बुलेन्स दुरुपयोग, यसरी खुल्यो रहस्य

धनकुटा । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुँने एम्बुलेन्स ट्राफिक प्रहरीको चेकिङमा पनि खासै पर्दैनन् । यही मौकाको फाइदा उठाउँदै एम्बुलेन्समा अवैध सामानको ओसारपसारसमेत हुँने गरेको घटना बेला–बेला सार्वजनिक हुँदै आएका छन् । हो, यस्तै घटना धनकुटामा पनि भएको छ । एम्बुलेन्समा राखेर लैजादै गरे...
धनकुटामा कोरोना नियन्त्रणमा लापरबाही

धनकुटामा कोरोना नियन्त्रणमा लापरबाही

धनकुटा । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आईतबार बिहानसम्म धनकुटाका कोरोना संक्रमितको संख्या १ सय ३१ पुगेको छ । मन्त्रालयका अनुसार धनकुटाका १ सय १ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको छ । यता, स्वास्थ्य कार्यालय धनकुटाको रेकर्डमा भने जिल्लाका संक्रमितको संख्या ७५ मात्र छ । धनकुटाका बाँकी ५६ संक्रमित को हुन्, कहाँ र कुन अवस्थामा छन् भन्नेमा स्वास्थ्य कार्यालय नै बेखबर छ । न त जिल्लाको कोरोन...
धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण

धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण

धनकुटा । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ मा धनकुटाका लागि २ अर्ब २७ करोड ६५ लाख बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेटमा जिल्लाका तीन नगरपालिकालाई १ अर्ब १२ करोड १० लाख र चार गाउँपालिकालाई १ अर्ब १५ करोड ५५ लाख बजेट छुट्याईएको हो । जसमध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकालाई ४५ करोड ३५ लाख बजेट तोकिएको छ भने सबैभन्दा कम सहिदभू...
महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

धनकुटा । धनकुटामा एक बालिकामाथि लामो समययता यौन शोषण हुँदै आएको रहस्य खुलेको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि महिनौं अघिदेखि केहि प्रतिष्ठित व्यक्तिहरुले पटक–पटक यौन शोषण गर्दै आएको रहस्य खुलेको हो । चार जना व्यक्तिबाट पटक–पटक यौन शोषणमा पर्दै आएकी ती बालिकामा गर्भ बसेपछि घटनाको रहस्य बाहिर आएको छ । बालिकाको पेट अस्वभाविक रुपमा बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा यौन शोषणको रहस्य ख...
लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत

लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत

नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि सरकारले संक्रमण थप फैलन नदिन देशभर लकडाउन गर्यो । अहिले लकडाउन दुई महिना पुग्न लागेको छ । यो अवधिमा संक्रमितको संख्या पनि एक, दुई हुँदै तीन अंकमा चढिसकेको छ । अर्थात, सयबाट उकालो लागेर दैनिक ठूलो संख्यामा संक्रमण पुष्टि हुँने क्रम पनि सामान्य बन्दै गएको छ । सोमबार एकैदिन २४ जनामा संक्रमण देखिएसँगै अहिले संक्रमितको संख्या १ सय ३४ पुगेको छ । यो संख्याको रे...
संगालो समाचार प्रभाव: तस्करी छानविनमा अधिकृत खटाइयो, सशस्त्रले बुझायो काठ

संगालो समाचार प्रभाव: तस्करी छानविनमा अधिकृत खटाइयो, सशस्त्रले बुझायो काठ

धनकुटा, २४ जेठ । सशस्त्र प्रहरीका डिएसपीको संलग्नतामा शसस्त्रकै गाडीमा राखेर गरिएको सखुवाको अवैध काठ तस्करीका बिषयमा छानविनका लागि जिल्ला बन कार्यालय धनकुटाले बिहिबार अनुसन्धान अधिकृत खटाएको छ । सहायक जिल्ला बन अधिकृत शिवसंकर ठाकुरलाई अनुसन्धान अधिकृतका रुपमा खटाईएको जिल्ला बन अधिकृत कृष्णप्रसाद वस्तीले संगालोखबरलाई जानकारी दिए । संखुवासभाको चैनपुरबाट करिव एक सय क्यूफिट सखुवाको अवैध काठ बिराटनगर...
सशस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा

सशस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा

धनकुटा, २४ जेठ । सखुवाको अवैध काठ तस्करी गर्न सशस्त्र प्रहरीका डिएसपीले सशस्त्रकै गाडी प्रयोग गरेको तथ्य फेला परेको छ । धनकुटाको मुलघाटमा सशस्त्र प्रहरीकै गाडीबाट सोमबारराति सखुवाको अवैध काठ बरामद भएपछि काठ तस्करीमा सुरक्षा निकायकै संलग्नता पुष्टि भएको हो । संखुवासभाको चैनपुरबाट सखुवाको अवैध काठ बिराटनगर लैजादै गर्दा चैनपुर स्थित सशस्त्र प्रहरीको अरुण गुल्मको बा.१ ग.१६६९ नम्बरको गाडी मुलघाटबाट ...
प्रहरीको ज्यादती बढ्यो, प्रतिकार गर्ने स्थानीयको चेतावनी 

प्रहरीको ज्यादती बढ्यो, प्रतिकार गर्ने स्थानीयको चेतावनी 

धनकुटा, ५ माघ । धनकुटामा निषेधाज्ञाका नाममा प्रहरीको ज्यादती बढेको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । आन्दोलन हिंसात्मक बनेपछि बिहीबार बिहान साँढे ११ बजेबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा ५ जनासम्म हिडडुल गर्न पाउँने प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती बताउँछन् । तर, अत्यावश्यक कामका लागि एक्लै हिड्दासमेत प्रहरीले गालीगलौज गरी कुटपिट गर्ने ग...
३८ बर्षपछि खाल्साका शहीद परिवारमा खुशीयाली

३८ बर्षपछि खाल्साका शहीद परिवारमा खुशीयाली

धनकुटा, २८ पुस । पञ्चायती ब्यवस्था बिरुद्ध लडेर ज्यान गुमाएका अभिभावकलाई चार दशक बित्न लाग्दासमेत राज्यले शहीद घोषणा नगर्दा निरास बनेका छिन्ताङका शहीदपुत्र बलराम राई शुक्रवार एकाएक खुशीले भक्कानिए । आफ्ना वावु पुत्रमानसहित छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई ३८ बर्षपछि सरकारले शहीद घोषणा गरेको खबर सुनेपछि राईमा खुसीको सीमानै रहेन । ‘यो खबर सुन्दा खुशीले मन थाम्नै सकिन ।’ भक्कानिदै राईले ...
धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको अझै भएन सनाखत

धनकुटा, ११ पुष । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा करिव दुई महिना अघि शंकास्पद अवस्थामा भेटिएको वेवारिसे शवको अझै सनाखत हुँन सकेको छैन । शरिरमा चोटपटक लागेको र वरिपरी रगत तलपतिएको अवस्थामा गत कात्तिक २५ गते सडकको नालिमा करिव ३० बर्षीया युवातीको वेवारिसे शव फेला परेको थियो । घटनास्थल र लाशको प्रकृतिका आधारमा हत्या गरेर फलिएको हुँनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखायो । तर, फेला परेको दुई ...
धनकुटामा राजेन्द्र र सुनिलको दोस्रो भिडन्तमा कसले मार्ला बाजी ?

धनकुटामा राजेन्द्र र सुनिलको दोस्रो भिडन्तमा कसले मार्ला बाजी ?

धनकुटा, १८ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको संघारमा आईपुग्दा धनकुटामा कस्ले बाजी मार्ला भन्ने कौतुहलता उत्कर्षमा पुगेको छ । बिगतका निर्वाचनमा पार्टी–पार्टी वीच चुनावी प्रतिस्प्रधा हुँने गरेको भएपनि यो चुनावमा भने बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनवीच मुख्य प्रतिस्प्रधा छ । दुवै गठबन्धन आ–आफ्नो जित सुनिश्चित रहेको दावी गरिरहेका छन् । प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको धनकुटामा वाम ...
मन्त्रीको बोलीले निम्त्यायो विवाद

मन्त्रीको बोलीले निम्त्यायो विवाद

धनकुटा, १२ कात्तिक । उद्योग मन्त्री सुनिलबहादुर थापाको अभिव्यक्ति विवादित भएको छ । धनकुटामा शनिवार भएको पत्रकार सम्मेलनमा उनले बिराटनगरलाई प्रादेशिक राजधानी बनाउँन एमाले धनकुटाले हस्ताक्षर गरेको बताएपछि विवाद निम्तिएको हो । मन्त्रीको उक्त अभिब्यक्ति प्रति एमालेले आईतबार धनकुटामा पत्रकार सम्मेलन गरी आपत्ती जनाएको छ । पत्रकार सम्मेलनमा एमाले कार्यबाहक अध्यक्ष दुर्गा लिंखाले मन्त्री थापाको आधारहिन र...
धनकुटाबाट एमालेका २९ उम्मेद्वार सिफारिस (नामावलीसहित)

धनकुटाबाट एमालेका २९ उम्मेद्वार सिफारिस (नामावलीसहित)

धनकुटा, २४ असोज । आगामी मंसिर २१ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले धनकुटाले २९ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ २४ जनाको नाम प्रदेश संगठन कमिटिमा सिफारिस गरिएको एमाले धनकुटाले जनाएको छ । प्रतिनिधिसभामा ८ र प्रदेशसभामा २१ जना उम्मेद्वारको नाम सिफारिस गरिएको एमाले प्रचार बिभाग प्रमुख नैन ...
१ नम्बर प्रदेशका १४ जिल्लामा हर्न निषेध गरिने, बजाएमा १५ सयसम्म जरिवाना

१ नम्बर प्रदेशका १४ जिल्लामा हर्न निषेध गरिने, बजाएमा १५ सयसम्म जरिवाना

धनकुटा, २४ भदौ । १ नम्बर प्रदेशका १४ जिल्लामा आगामी असोज १ गतेबाट सवारी साधनलाई हर्न बजाउँन निषेध गरिने भएको छ । सवारीको चाप बढेसँगै बढ्दै गएको ध्वानी प्रदुषण न्यूनिकरणका लागि हर्न निषेध गर्न लागिएको हो । धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ईलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, झापा, खोटाङ, उदयपुर, सोलुखुम्वु र ओखलढुंगामा यो नियम लागु हुनेछ । भदौ ३१ सम्म सचेतनामुलक अभियान सञ्चालन गरेर असोज १ ग...
सडक निर्माणको बेथा: पैसा नदिई ठेकेदार सम्पर्कविहीन भएपछि विचल्ली

सडक निर्माणको बेथा: पैसा नदिई ठेकेदार सम्पर्कविहीन भएपछि विचल्ली

धनकुटा, १९ भदौ । धनकुटा र तेह्रथुमका बिभिन्न सडक मर्मतको करिव अढाई करोड रकम भुक्तानी नगरी निर्माण कम्पनीका पदाधिकारी सम्पर्क बिहिन भएको भन्दै पीडितहरुले आन्दोलन थालेका छन । सडक मर्मतको जिम्मा लिएको काठमाडौं स्थित वाईपी कन्ट्रक्सन विरुद्ध पीडित पेटी ठेकेदार, कामदार, पेट्रोल पम्प सञ्चालक, होटल ब्यावसायी, ब्यापारी लगायतले संयुक्त रुपमा आन्दोलन सुरु गरेका हुन । रकम भुक्तानीको माग गर्दै उनीहरुले सिध...
एमालेले गर्यो धनकुटा ‘कब्जा’

एमालेले गर्यो धनकुटा ‘कब्जा’

धनकुटा, १८ असार । सातवटै स्थानीय तहमा बिजयी हुँदै एमालेले धनकुटामा ‘कब्जा’ जमाएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा एमालेले बिजय प्राप्त गरेको हो । धनकुटा नगरपालिकामा एमाले उम्मेदवार चिन्तन तामाङ्ग ४ हजार ९ सय ३३ मतसहित बिजयी भएका छन । निकटतम प्रतिद्धन्द्धी कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । १ सय १...
१६ वर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक 

१६ वर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक 

धनकुटा । उद्धेश्य लिएर मेहनत गरेपछि लक्ष्यमा पुग्न गाह्रो छैन भन्ने कुरालाई प्रमाणित गरेर देखाउँन सफल भएका छन धनकुटाका युवा विवेक श्रेष्ठ । १६ बर्षकै उमेरमा उनले पेट्रोल बिनै गुड्ने मोटरसाईकल बनाएर यो कुरालाई प्रमाणित गरेका हुन । दिदीले स्कुटर कुदाउँन नदिएपछि करिव एक बर्ष अघिबाट उनमा आफै मोटरसाईकल बनाएर कुदाउँने सोच आयो । ‘केटाकेटी नै छ भनेर दिदीले स्कुटर कुदाउँन दिनुभएन, अनि मलाई आफै मोटरसाईकल ब...
डेढ वर्ष जेल बसेपछि निर्दोष ठहर

डेढ वर्ष जेल बसेपछि निर्दोष ठहर

धनकुटा। जिल्ला कारागार धनकुटामा डेढबर्ष थुनामा बसेपछि निर्दोश सावित भएर पाँच जना थुनुवा जेल मुक्त भएका छन । धनकुटाको फलाटेको एक घरमा लुटपाट गरेको अभियोगमा पक्राउ परी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पठाईएका तीन पुरुष र दुई महिला १८ महिना कारागारमा बसेपछि निर्दोश साबित भएका हुन । निर्दोश ठहरिएर थुनामुक्त हुनेमा धनकुटाको पाख्रीवास–११ का मोहन बस्नेत, सोही स्थानका मोहन कार्की, ईलाम नयाँ बजार–९ क...
error: Content is protected !!