- बिनोद बिष्ट/संगालोखबर

काठमाडौं । भगवान श्रीकृष्णको पुजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदैछ । पर्वको अवसरमा आज देशभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।

भगवान श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ । श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ । आज व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागेर मानव समुदायलाई प्रेरित गरेको पौराणिक कथन छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा पनि दिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा लागेको भक्तजनको भीड ।

तस्वीर: बिनोद बिष्ट/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!