संगालोखबर सम्वाददाता

काठमाडौं । सोमबार बिहान थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरी, धनुषा, कपिलबस्तु, काठमाडौं, बारा, रौटहट, बाँके, बर्दिया र दैलेखमा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार रौटहटका २६ जना र बाराका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै दैलेखमा ७ जना, बाँकेमा ४ जना, धनुषामा ३ जना, कपिलबस्तुमा ३ जना, काठमाडौंमा ३ जना, सप्तरीमा २ जना र बर्दियामा १ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!