- संगालोखबर सम्वाददाता

काठमाडौं । जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ । शनिवार साँझ सम्पन्न मन्त्रीपरिषद् बैठकले लकडाउन १२ दिन लम्ब्याउँने निर्णय गरेको हो ।

Advertisement

नेपालमा दोस्रो कोरोना संक्रमित फेला परेपछि चैत ११ गतेबाट लकडाउन सुरु गरिएको हो । त्यसयता पटक–पटक लकडाउनको म्याद थपिदै आएको छ । पछिल्लो पटक जेठ २० गतेसम्मका लागि लकडाउन तोकिएको थियो । तर, कोरोना संक्रमित थपिने क्रम बढ्दै गएकाले सरकारले लकडाउन लम्ब्याउँने निर्णय गरेको हो ।

यता, जिल्ला अनुसार लकडाउन कडा वा खुकुलो बनाउँने तयारी गरिएको छ । कोभिड उच्चस्तरीय समितिले यो बिषयमा निर्णय गर्नेछ । सरकारले असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने निर्णय पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!