झापाको बी एण्ड सी अस्पताल सञ्चालक प्रसाईलाई पक्राउ गर्न अदालतको अनुमति

झापाको बी एण्ड सी अस्पताल सञ्चालक प्रसाईलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले अस्पतालका कार्यकारी निर्देशक प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले आफुसँँग २० करोड घुस मागेको आरोप प्रसाईले लगाएका थिए । त्यसपछि प्रसाईंविरुद्ध डा. गिरीले मानहानीको मुद्दा हालेका थिए । सोहि मुद्दामा प्रसाईल...
काठमाडौंमा प्रहरीद्वारा गोली हानेर गुण्डा पक्राउ

काठमाडौंमा प्रहरीद्वारा गोली हानेर गुण्डा पक्राउ

काठमाडौं । बौद्धमा गुण्डा विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरी टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले बताए । ‘विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको थियो’, सिंहले भने, ‘भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको हो ।’ हाल उनलाई वीर हस्पिटल पठाइएको सिंहले बताए । प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजक...
मेयरको कार्यकक्षमा पत्रकारमाथि हातपात

मेयरको कार्यकक्षमा पत्रकारमाथि हातपात

जनकपुर । धनुषाको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा एक दर्जन पत्रकारमाथि कुटपिट भएको छ। मेयर साहकै नेतृत्वमा पत्रकार महासंघका धनुषाका अध्यक्ष अनिल मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहित १ दर्जन पत्रकारमाथि कुटपिट भएको हो। कुटपिटबाट ठाकुरलाई चोट लागेको छ। मेयर र उनका सहयोगीहरूले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका थिए। ‘हामी ...
प्रदेश २ का कृषि राज्यमन्त्री यादवलाई सांसद दासले हानिन् थप्पड

प्रदेश २ का कृषि राज्यमन्त्री यादवलाई सांसद दासले हानिन् थप्पड

जनकपुरधाम । प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई मंगलबार दिउँसो प्रदेश सभा सदस्य प्रमिला देवी दासले थप्पड हानेकी छिन् । नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य दासले राज्यमन्त्री यादवमाथि थप्पड प्रहार गरेकी हुन्। उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपाले र नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए। आजसमेत प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका प्...
बसको ठक्करबाट बिद्यार्थीको मृत्यु भएपछि चाबहिलमा तनाब, बस जलाएर प्रदर्शन (भिडियोसहित)

बसको ठक्करबाट बिद्यार्थीको मृत्यु भएपछि चाबहिलमा तनाब, बस जलाएर प्रदर्शन (भिडियोसहित)

काठमाडौं । बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा आगजनी गरेपछि सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ । भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचार...
नुवाकोटमा मिनीट्रक पल्टिँदा २ जनाको मृत्यु, ५ घाइते

नुवाकोटमा मिनीट्रक पल्टिँदा २ जनाको मृत्यु, ५ घाइते

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मूल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको गाडी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मूल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । नायब उपरीक्ष...
डिजेल र मट्टितेलको मूल्य बढ्यो

डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । डिजेल र मट्टितेलको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो । पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर आएले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर रू. ९८ पुगेको छ । पेट...
चैत ६ देखि १७ गतेसम्म एसईई परीक्षा, यस्तो छ परीक्षा तालिका

चैत ६ देखि १७ गतेसम्म एसईई परीक्षा, यस्तो छ परीक्षा तालिका

काठमाडौं । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएकाे छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्...
धनुषामा बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषामा बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

धनुषा । धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा मृत्यु भएको हो । बम विष्फोटमा ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय ...
शुल्क विवाद समाधानमा डा.शर्माको ‘फर्मूला फिट’ : शिक्षा मन्त्रालय र मेडिकल कलेजवीच सहमति

शुल्क विवाद समाधानमा डा.शर्माको ‘फर्मूला फिट’ : शिक्षा मन्त्रालय र मेडिकल कलेजवीच सहमति

काठमाडौं । मेडिकल शिक्षाको शुल्क विवादका बिषयमा शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकवीच सहमति जुटेको छ । लामो समयको रस्साकस्सी पश्चात मंगलबारराती शिक्षा मन्त्रालयको टोली र मेडिकल कलेजका सञ्चालकबीचको बैठकमा सहमति जुटेपछि शुल्क विवाद समाधान उन्मुख भएको हो । सहमतिअनुसार मेडिकल कजेजले शैक्षिक सत्र ०७४/०७५ र ०७५/०७६ को हकमा बुधबारबाट अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्नेछन् । यता, ०७...
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा नियुक्त

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा.कुन्दन अर्यालले दिनुभएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो । ...
सातवटै प्रदेशका प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

सातवटै प्रदेशका प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

काठमाडौं । सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले मंगलबार राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ का तिलक परियार, प्रदेश ३ का विष्णु प्रसाईं, गण्डकी प्रदेशका अमिक शेरचन, प्रदेश ५ का धर्मनाथ यादव, कर्णालीका गोविन्द कलौनी र सुदुरपश्चिमका शर्मिलाकुमारी पन्तले सपथ लिएका हुन् । कांग्रेस सरकारले नियुक्त गरेका स...
सरकारद्वारा सात वटै प्रदेशका प्रमुखलाई पदमुक्त

सरकारद्वारा सात वटै प्रदेशका प्रमुखलाई पदमुक्त

काठमाडौं । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनीहरुलाई हटाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी छन् । आइतबार साँझ राष्ट्रपति भण्डारीले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको राष्ट्रपति ...
मूर्ति विसर्जनमा झडप हुँदा कपिलवस्तु तनाबग्रस्त : गोली लागेर एकको मृत्यु, कर्फ्यू जारी

मूर्ति विसर्जनमा झडप हुँदा कपिलवस्तु तनाबग्रस्त : गोली लागेर एकको मृत्यु, कर्फ्यू जारी

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको हो । लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको छ । बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । कार्यालयले कृष्णनगर भन्सार कार्यालय...
काग तिहार मनाइँदै

काग तिहार मनाइँदै

काठमाडौं । आज काग तिहार । यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजविज खान दिएर मनाइँदैछ। यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भएपनि काग तिहार आज मनाइँदै छ । आज त्रयोदशी तिथी परेकाले काग तिहार पनि आज मनाउनु पर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने परम्परा छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दि...
जनकपुरमा गोली प्रहार गरी ठेकेदारको हत्या

जनकपुरमा गोली प्रहार गरी ठेकेदारको हत्या

जनकपुर । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा गोली हानी एकजनाको हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका-१ का अन्दाजी ४० वर्षीय मनोज साह माथि गोली प्रहार भएको हो । निर्माण व्यावसायी साहमाथि जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले गोली प्रहार गरेका हुन् । उनलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिइसकेको जनकपुरका एसपी शेखर खनालले बताएका छन् । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो । साह जनकपुरस्...
गायक दुर्गेश थापा पक्राउ

गायक दुर्गेश थापा पक्राउ

काठमाडौं । गायक दुर्गेश थापा पक्राउ परेका छन् । सामाजिक सहिष्णुता बिगारेको आरोपमा प्रहरीले गायक थापालाई पक्राउ गरेको हो । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुतामा असर पुर्याएको आरोपमा थापालाई पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । दुर्गेशको बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । दुर्गेशले गाएको तिहार लक्षित गीत ‘तिहार गीत’ लाई लिएर परेको उजु...
सरकारलाई मेडिकल कलेज सञ्चालकको चुनौति : हचुवाको भरमा गरेको निर्णय मान्दैनौं

सरकारलाई मेडिकल कलेज सञ्चालकको चुनौति : हचुवाको भरमा गरेको निर्णय मान्दैनौं

बिराटनगर । मेडिकल कलेज सञ्चालकहरुले एमवीवीएस र वीडीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले हालै तोकेको नयाँ शुल्क कार्यान्वयन नगर्ने भएका छन् । मेडिकल कलेज सञ्चालकहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आयोगको निर्णय अव्यवहारिक रहेको भन्दै निर्णय अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनका महासचिव डा.सुनिल शर्माले आज प्रेस बिज्ञप्ती जारी गरेर आयोगको निर्णय खारेज गर्न म...
स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक असंवैधानिक, पारिश्रमिक नदिन सर्वोच्चको आदेश

स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक असंवैधानिक, पारिश्रमिक नदिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रदेश १ बाहेकका ६ प्रदेशले स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधा...
नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच २० वटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ । होटल सोल्टीमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र सी को नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डलबीच उच्चस्तरीय वार्ता वार्तापछि १७ समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सी र ओलीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएपछि सी स्वदेश फर्कने तयारीमा ...
रौतहटबाट सांसद अपताब अलम पक्राउ

रौतहटबाट सांसद अपताब अलम पक्राउ

रौटहट । रौतहट क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका अलमलाई बम बिस्फोट घटनामा संलग्न र घाईतेको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । २०६४ चैत २७ गते राति राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम ब...
जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी : कम्तीमा नौ जनाको मृत्यु, लाखौं मानिस प्रभावित

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी : कम्तीमा नौ जनाको मृत्यु, लाखौं मानिस प्रभावित

जापान । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी आउँदा कम्तीमा नौ जना मानिसको मृत्यु भएको र कैयौँ अरू हराइरहेका छन्। शनिवार आएको दशकौं यताको शक्तिशाली आँधीका कारण राजधानी टोक्यो अस्तव्यस्त भएको छ। करिब पाँच लाख मानिसकहाँ बिजुली काटिएको छ। हगिबिस अहिले उत्तरतिर बढिरहेको छ र समुन्द्रतिरै फर्कने ठँनिएको छ। हगिबिस आँधीले स्थानीय समय अनुसार साँझ ७ बजे जापानी तटलाई हानेको थियो। त्यसपछि उक्त आँधी जापान...
चिनियाँ राष्ट्रपति सीको संबोधन : चीन–नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा

चिनियाँ राष्ट्रपति सीको संबोधन : चीन–नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यताको अध्ययन प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शनिबार राती काठमाण्डौंमा आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई संबोधन गर्दै चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् । यस्तै अरनीको राजमार्गको सञ्चालनलाई सुनिश्चित बना...
सिन्धुपाल्चोकमा बस पल्टिँदा ११ जनाको मृत्यु, घाईतेको उद्धारमा हेलिकप्टर परिचालन

सिन्धुपाल्चोकमा बस पल्टिँदा ११ जनाको मृत्यु, घाईतेको उद्धारमा हेलिकप्टर परिचालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ भोटसिपा तिखु मोडमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित कम्तिमा ११ जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाईते भएका छन् । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट दशैं मनाएर खचाखच यात्रु बोकेर काठमाडौं जाँदै गरेको बा.२ ख. २७१५ नम्बरको बस बिहान करिव साँढे ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी छ जनाको घटनास्थलमै मृत्यु भएको छ । उपचारका ला...
चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार सार्वजनिक बिदा

चिनियाँ राष्ट्रपतिको स्वागतमा आइतबार सार्वजनिक बिदा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बिहीबारको मन्त्रिपरिषद् बैठकमा सार्वजनिक बिदाको प्रस्ताव राखेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअ...
आज विजयादशमीः १०ः३५ बजे टीकाको साइत

आज विजयादशमीः १०ः३५ बजे टीकाको साइत

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चार्ड बडादशैंको मुख्य दिन आज बिजयादशमी । मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ ...
निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ

निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको हो। महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी ...
बडा दशैंको सातौ दिन : भगवती कालरात्रीको पुजा गरिदै

बडा दशैंको सातौ दिन : भगवती कालरात्रीको पुजा गरिदै

काठमाण्डौं । आज बडादशैंको सातौ दिन अर्थात फुलपाती । फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्री भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन्। उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्कीने माला छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ...
बडा दशैँको आज छैटौं दिन : कात्यायिनी भगवतीको पुजा गरिदै

बडा दशैँको आज छैटौं दिन : कात्यायिनी भगवतीको पुजा गरिदै

काठमाण्डौं । बडा दशैँको आज छैटौं दिन । नवरात्रीको छैटौं दिन कात्यायिनी भगवतीको पुजा तथा अर्चना गरिन्छ । आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा छ । कात्यायिनी भगवतीको पुजा गरेमा रोग,शोक,भय,दुख,दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक बिश्वास छ । कत नामक एउटा ऋषि थिए । उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रम...
दशैंको चौथो दिन : दुर्गा भवानीको चौथो रुप कुष्माण्डा भगवतीको पुजा गरिदै

दशैंको चौथो दिन : दुर्गा भवानीको चौथो रुप कुष्माण्डा भगवतीको पुजा गरिदै

काठमाडौं । दशैंको चौथो दिन आज दुर्गा भवानीका ९ रुपहरु मध्येको चौथो रुप कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैछ ।महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा आज पनि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । प्रतिपदादेखि पूणिर्मासम्म विभिन्न देवदेवीका अतिरिक्त विशेष गरी शक्तिस्वरुपा दुर्गा भवानीलाई शैलीपुत्र, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्र...
नेपाल प्रहरीमा ३५ सय दरबन्दी थपिने

नेपाल प्रहरीमा ३५ सय दरबन्दी थपिने

काठमाण्डौं । सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ। गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो। सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने निर्णय गरेको छ। सरकारले उक्त दरबन्दी दुई चरणमा थप गर्ने निर्णय गरेको छ। थपिने दरबन्दीमा प्राविधिकसहित ४ प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्...
error: Content is protected !!