काठमाडौं । मंगलबार दिउँसोसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ । बिगत २४ घण्टाको अवधिमा मात्र २८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये रौटहटमा ७४ जना, स्याङ्जामा ५ जना, पर्वतमा ५ जना, सप्तरीमा १ जना, बर्दियामा ३ जना, बाँकेमा १७ जना, सुर्खेतमा २७ जना, दैलेखमा ९ जना सल्यानमा १८ जना, अछाममा १० जना, बारामा १ जना, दाङमा १७ जना र प्युठानमा १ जना संक्रमित भेटिएका छन् ।
त्यस्तैगरी कञ्चनपुरमा ८ जना, कैलालीमा १० जना, धनुषामा ६ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २१ जना, सिरहामा १७ जना, भत्तपुरमा १ जना, धादिङमा १ जना, कपिलबस्तुमा १६ जना, काठमाण्डौंमा ४ जना, नवलपरासी पूर्वमा १ जना, नवलपरासी पश्चिममा १ जना, नुवाकोटमा २ जना र रुपन्देहीमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।