संगालोखबर सम्बाददाता


काठमाडौं । आईतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आईतबार झापाका ४ जना र मोरङका १ जनामा संक्रमण पुष्टि भएको छ । सर्लाहीका १० जना, धनुषाका २१ जना, रौतहटका २९ जना, कपिलबस्तुका ५ जना, कैलालीका ३ जना, सप्तरीका १२ जना, नेपालगन्जका ४ जना, बाँकेका ४ जना र सुर्खेतका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

त्यस्तै सल्यानका २५ जना, बाजुराका ३ जना, दैलेखका १८ जना, कालिकोटका १८ जना, पर्साका ५ जना, स्याङ्जाका २ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!