संगालोखबर सम्वाददाता

पर्वत । पर्वतको एल जि एकीकृत सेवा प्रा.लि.ले पत्रकारको कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स लिमिटेडसँग सम्झौता गरी संस्थामा आवद्ध ११ जना पत्रकारको कोरोना बीमा गरिएको हो ।

Advertisement

कोरोना भाइरसको महामारीका बेला पत्रकारहरुले अग्रपङ्तिमा रहेर काम गर्ने र उनीहरुमा संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै  बीमा गरिएकोे प्रा.लि.का संचालक गणेश बहादुर क्षेत्रीले जानकारी दिए । बीमा गरेको १५ दिनपछि पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीमा कम्पनीले एक लाख रुपैयाँ दिने कम्पनीका पर्बत शाखा प्रमुख हरी सुबेदीले बताए ।

बीमाको अवधि एक वर्ष हुनेछ । पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा इन्सुरेन्स कम्पनीले रकम भुक्तानी गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!