संगालोखबर सम्वाददाता

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाल्पा, नवलपरासी, गुल्मी, कपिलबस्तु र रुपन्देहीमा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार पाल्पामा २ जना, नवलपरासीमा १ जना, गुल्मीमा १ जना, कपिलबस्तुमा ७ जना र रुपन्देहीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!