
काठमाडौं । मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार महोत्तरी, बारा, रौटहट, सिरहा, धनुषा, कपिलबस्तु, अर्घखाँची, कैलाली, अछाम, स्याङ्जा, सुर्खेत र बाँकेमा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।
कपिलबस्तुमा २६ जना, रौटहटमा २२ जना, सुर्खेतमा १२ जना र बाँकेमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै महोत्तरीमा २ जना, बारा ५ जना, सिरहामा ५ जना, धनुषामा १ जना, अर्घखाँचीमा २ जना, कैलालीमा १ जना, अछाममा १ जना र स्याङ्जामा २ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालका ४६ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । संक्रमित मध्ये १ सय ५५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।















