- संगालोखबर सम्वाददाता


काठमाडौं । शनिवार बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा कोरोना संक्रमित थपिएका हुन् ।

सर्लाहीका १३ जना, कपिलबस्तुका ८ जना र रुपन्देहीका ८ जनामा संक्रमण पत्ता लागेको छ । त्यस्तै काठमाडौं, बारा र चितवनका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ । जसमध्ये ७० जना निको भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!