पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्व तरुण दलको प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्व तरुण दलको प्रदर्शन

काठमाडौँ, १३ असार । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ । तरुण दलले सरकारले पटकपटक पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको भन्दै आज काठमाडौँका विभिन्न ठाँउबाट जुलुस निकालेर विरोध प्रदर्शन ग¥यो । विरोध प्रदर्शनपछि शान्तिवाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले वर्तमान सरकार जनताको...
संसद अवरोधको तयारीमा कांग्रेस

संसद अवरोधको तयारीमा कांग्रेस

काठमाडौँ, १२ असार ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ । कांग्रेसलेसरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरेको हो । कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान ...
वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ: नेता नेपाल

वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ: नेता नेपाल

चितवन, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको आज यहाँ अनावरण गर्नुहुँदै उहाँले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गर्नुभयो । प...
रुकुमको स्थानीय तहको काममा छायाँ सरकारको अनुगमन

रुकुमको स्थानीय तहको काममा छायाँ सरकारको अनुगमन

रुकुम, १० असार । स्थानीय सरकारले गरेका विकास निर्माणको कार्यलाई नेपाली काँग्रेसको छायाँ सरकारले अनुगमन गर्न शुरु गरेका छन् । बाँफीकोट गाउँपालिकाअन्तर्गत विभिन्न ठाउँमा भएका भौतिक पूर्वाधारको अवस्थाका बारेमा छायाँ सरकारले अनुगमन गरेको हो । विकास निर्माणको नाममा हुनसक्ने भ्रष्टाचार र अनियमिततालाई रोक्नका लागि विभिन्न योजनाको अनुगमन शुरु गरिएको यहाँका छायाँ सरकार प्रमुख हर्कसिंह खत्रीले बताउनुभयो...
विप्लवको विद्यार्थी संगठनद्वारा चितवनमा अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान

विप्लवको विद्यार्थी संगठनद्वारा चितवनमा अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान

चितवन, १० असार । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् । प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । विद्यार्थीको आह्वानपछि निजी शैक्षिक संस्था बन्द रहेका ...
ईश्वर पोखरेलसहित दर्जन नेताले गरेनन् पार्टी एकतामा हस्ताक्षर

ईश्वर पोखरेलसहित दर्जन नेताले गरेनन् पार्टी एकतामा हस्ताक्षर

काठमाडौँ, ८ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेल र केही प्रभावशाली नेतासहित एक दर्जन नेताले अझै हस्ताक्षर गरेका छैनन् । पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही प्रभावशाली नेताले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन् । केही सदस्यको हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटेको छ । एकताजस्तो ऐतिहासिक निर्णयमा ह...
कांग्रेसमा देउवा पक्षलाई झड्का : देउवाको ‘खम्बा’ मानिने डिकबहादुर पनि कोईराला क्याम्पमा

कांग्रेसमा देउवा पक्षलाई झड्का : देउवाको ‘खम्बा’ मानिने डिकबहादुर पनि कोईराला क्याम्पमा

बिराटनगर, ७ असार । नेपाली कांग्रेस भित्र दुई दशक अघिदेखि पार्टी सभापति शेरबहादुर देउवा पक्षको ‘खम्वा’ भनेर चिनिएका कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले देउवाकै भूमिका प्रति असन्तुष्टि जनाएका छन् । हेटौडामा जारी जिल्ला सभापतिहरुको भेलालाई संबोधन गर्दै लिम्बुले देउवा नेतृत्वले कांग्रेसलाई शसक्त प्रतिपक्षको भूमिकामा उभ्याउँन नसकेको प्रति असन्तुष्टि जनाए । यसअघि सधै देउवाकै पक्षमा बोल्दै आएका...
काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

  काठमाडौँ, ७ असार । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकि...
नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने – प्रधानमन्त्री

नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात् गर्ने – प्रधानमन्त्री

बेइजिङ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसात् गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन...
ट्रेड युनियन काँग्रेसको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

ट्रेड युनियन काँग्रेसको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण

काठमाडौँ, ६ असार । नेपाल ट्रेड युनियन काँग्रेसका नवनिर्वाचित कार्यसमितिले आज पदभार ग्रहण गरेको छ । चार वर्ष नौ महिनापछि गत जेठ २९ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न ट्रेड युनियनको छैँटौँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यसहितको टोलीले आज पदभार ग्रहण गरेको हो । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत भरत खरेल, निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेलगायतले प्रमाणपत्र वितरण गर्नुभ...
दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

दुई राप्रपाबीच एकता प्रक्रिया शुरु

काठमाडौँ, ५ असार । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा आजदेखि प्रक्रिया शुरु भएको छ । दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । दुवै दलबाट गठित कार्यदलले आज पहिलो पटक गरेको छलफलमा गत दुई वर्ष अगाडि दुवै ...
काँग्रेस जिल्ला सभापतिहरुको भेला हेटौँडामा शुरु हुँदै

काँग्रेस जिल्ला सभापतिहरुको भेला हेटौँडामा शुरु हुँदै

हेटौँडा, ५ असार । नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आजदेखि मकवानपुरको हेटौँडामा शुरु हुँदै छ । सो भेलामा नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु, ७७ जिल्लाका काँग्रेस सभापतिहरु र पर्यवेक्षक गरी करीब ५७५ जनाको सहभागिता रहने नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए। उक्त भेलाको दिउँसो पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्...
अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाउँछु: सभापति देउवा

अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाउँछु: सभापति देउवा

चितवन, ४ असार । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्ने बताउनुभएको छ । नेपाल दलित संघ चितवनले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको हो । सभापति देउवाले पछिल्लो निर्वाचनमा अन्तर्घात धेरै भएका कारण सोचेजस्तो परिणाम आउन ...
ओली र प्रचण्ड तेस्रो पटक अध्यक्ष बन्न नपाउने !

ओली र प्रचण्ड तेस्रो पटक अध्यक्ष बन्न नपाउने !

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीहरु एउटा पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने भएका छन् । केन्द्रीयदेखि जिल्ला अध्यक्षसम्म सबै बढीमा २ कार्यकालमात्र उम्मेदवार हुन पाउने व्यवस्था विधानमा गरिएको हो । साथै आरक्षण कोटामा एक व्यक्तिले दुई पटकभन्दा बढी प्रतिस्पर्धा गर्न पाउने छैनन् । तर लगातार दुई कार्यकालको अवधि भने कहिलेबाट गणना हुने...
७७ वटै जिल्लाका काङ्ग्रेस सभापति हेटौंडामा

७७ वटै जिल्लाका काङ्ग्रेस सभापति हेटौंडामा

काठमाडौं, ४ असार । मकवानपुरको हेटौंडामा भोलिबाट सुरु हुने नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेलाको तयारी पूरा भएको छ । भेला आयोजक समितिका सभापति एव् मकवानपुर कांग्रेसका जिल्ला सभापति इन्द्र बानियाँले तीनदिन सम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भएको बताए । भेलामा ७७ वटै जिल्लाका सभापति सहभागि हुनेछन् । भेलाका लागि टाढा–टाढाका जिल्लाका सभापतिहरु मकवानपुर आइसकेका छन् भने नजिकका जिल्लाका सभाप...
कांग्रेस सभापति देउवालाई भेटेर पूर्वी पहाडका नेता, कार्यकर्ताले दिए यस्तो सुझाव

कांग्रेस सभापति देउवालाई भेटेर पूर्वी पहाडका नेता, कार्यकर्ताले दिए यस्तो सुझाव

काठमाण्डौ, ३ असार । पूर्वी पहाडी जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताले आईतवार पार्टी सभापति शेर वहादुर देउवासँग राजधानीमा भेट गरी कांग्रेसलाई सशक्त बनाउँनका लागि विधान र सांगठनिक संरचनामा परिवर्तन गर्न सुझाव दिएका छन् । पार्टीलाई सशक्त बनाउँनुपर्ने आवश्यकता खड्किएको बताउँदै उनीहरुले सवैलाई एकताबद्ध बनाएर पार्टीलाई अझ क्रियाशिल बनाउँन सुझाव दिएका हुन् । सत्तामा रहेका पार्टीले पूर्वी पहाडी जिल...
तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन सर्वोच्चको आदेश

तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौँ, ३ असार । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुको लिखितरुपमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाशीश अनिलकुमार सिन्हाको एकल इजलासले आज संविधान र कानूनविपरीत ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गरेको हो वा होइन त्यसका बारेमा १५ दिनभित्र लिखितरुपमा कारण देखाउन आदेश दिएको हो । संवैधानिकरुपमा व्यवस्था भएअनुरुप ३३ प्रतिशत महिलाबिना नै दल ...
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई बाबुरामका १० बुँदे सुझाव (पूर्णपाठसहित)

चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीलाई बाबुरामका १० बुँदे सुझाव (पूर्णपाठसहित)

काठमाडौँ, ३ असार । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर १० बुँदे सुझाव दिएका छन् । भट्टराईले दिएको सुझावमा ठूला अर्थतन्त्रको मुल्य श्रृंखलासँग जोडिने गरी आफ्नो अर्थतन्त्रको विकास गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने, तिब्बती शरणर्थीहरुलाई नयाँ ढंगले व्यवस्थापन गर्नेबारे सोच्नु पर्ने, माउन्ट कैलाश जाने गोरखाको झालाङ्ग–राइलालगायत ओ...
तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम गर्ने

तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम गर्ने

काठमाडौँ, १ असार । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । तरुण दलले आफ्नो संगठनलाई थप मजबुत र सशक्त बनाउन असार महिनाभर विभिन्न अभियान सञ्चालन गर्न लागेको महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो । आज बसेको उक्त दलको बैठकले असारको पहिलो हप्ता सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, अदालतको अपहेलना, प्रेसमाथिको हस्तक्ष...
नेपाल ट्रेड युनियन काँग्रेसको भोलि निर्वाचन

नेपाल ट्रेड युनियन काँग्रेसको भोलि निर्वाचन

काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ । चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । ट्रेड युनियन काँग...
विद्यार्थीलाई ऋण दिनका लागि कार्यविधि माग

विद्यार्थीलाई ऋण दिनका लागि कार्यविधि माग

काठमाडौँ, ३१ जेठ । दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्न कार्यविधि बनाउन सरकारसँग माग गरेका छन् । क्रान्तिकारीको कार्यालय बागबजारमा आज बसेको दुई संगठनको बैठकले विद्यार्थीलाई बजेटमार्फत सरकारले शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने योजनाको स्वागत गर्दै कार्यविधि बनाई ऋण प्रदान गर्न अर्थ मन्त्रालयसँग माग गरेको क्रान्त...
कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ: उपप्रधानमन्त्री पोखरेल

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छ: उपप्रधानमन्त्री पोखरेल

इटहरी, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली कम्युनिष्टको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले आज सुनसरीको इटहरीमा नेपाल कम्युनिष्ट पार्टी सुनसरीले आयोजना गरेको पार्टी प्रशिक्षण एवं भेट...
संसद छाडेर सकडमा जाने काँग्रेसको चेतावनी

संसद छाडेर सकडमा जाने काँग्रेसको चेतावनी

काठमाडौँ, ३१ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको हो । संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए । सरकारले पनि त्यही नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्ने उनको ज...
निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ : प्रचण्ड

काठमाडौँ, २६ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताउनुभएको छ । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भन्नुभयो “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र विकासको यात्रामा छौँ । ठेक्का लिएर काम सम्पन्न नगर्ने प्रवृत्तिप्रति तपाईहरु पनि सचेत हुनुहोला ।” ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता

काठमाडौँ, २३ जेठ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा आज दर्ता भएको छ । आयोगका कानून अधिकृत अरुणकुमार झाका अनुसार आयोगको आज बसेको बैठकले दुई पार्टीबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दर्ता गर्ने निर्णय गरेको हो । दुवै पार्टीको एकता घोषणा भएसँगै पार्टीले यही जेठ ३ गते आयोगमा दल दर्ताका लागि निवेदन द...
काङ्ग्रेसबाट पाण्डे राष्ट्रिय सभामा दलको नेता मनोनीत

काङ्ग्रेसबाट पाण्डे राष्ट्रिय सभामा दलको नेता मनोनीत

काठमाडौँ, २३ जेठ । राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन हुनुभएको छ । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो । पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उहाँलाई मनोनयन गरिएको काँगे्रसका मुख्य सचेतक बालकृष्ण खाणले जा...
नेकपा–फोरम पार्टी एकताको तयारी

नेकपा–फोरम पार्टी एकताको तयारी

काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ। नेकपा नेतृत्वको सरकारमा फोरम नेपाल सहभागी भएसँगै एकताका लागि अनौपचारिक छलफल भएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो। शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए...
महाधिवेशन गरेर सभापति हटाउने पक्षमा छैनौँ : डा. कोईराला

महाधिवेशन गरेर सभापति हटाउने पक्षमा छैनौँ : डा. कोईराला

संखुवासभा, १८ जेठ । काँग्रेस नेता डा. शेखर कोईरालाले आफुहरू बिशेष महाधिवेशन गरेर सभापति शेरबहादुर देउवा हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले बिधान अनुसार महाधिवेशन गरेर पार्टीलाई पुनर्जीवन दिनुपर्ने उनको भनाई छ । ‘पार्टी नेतृत्व बिधान अनुसार हिड्नुहोसे यदि यदी बिधान अनुसार हिड्न सक्नुहुन्न भने सहमति अनुसार हिड्नुहोस’  काँग्रेस संखुवासभाले खाँदबारीमा आयोजना गरेको अभिमुखीकरण गोष्ठीलाई स...
बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो: डा भट्टराई

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो: डा भट्टराई

काठमाडौँ, १८ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उहाँले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गर्नुभयो । यो बजेट सामान्य अव...
नेकपाको नाम दुई सातामै परिवर्तन

नेकपाको नाम दुई सातामै परिवर्तन

काठमाडौं, १७ जेठ ।  गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । नेकपाले एमाले र नेकपा माओवादीबीचको एकतापछि बनेको नाम नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको समाचार  नागरिक दैनिकमा उल्लेख छ । पार्टी संसदीय दलको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । 'हामिले विभिन्न पक्षबाट आएका सुझावहरुलाई ध्यान दिएर पार्ट...
नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

नेकपा संसदीय दलको उपनेतामा नेम्वाङ

काठमाडौँ, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुनुभएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बसेको दलको बैठकले उपनेतामा नेम्वाङसहित प्रमुख सचेतकमा देवप्रसाद गुरुङ, सचेतकमा शान्ता चौधरीलाई चयन गरेको हो । दलका नेता एवं पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्पन्...
error: Content is protected !!