ओलीको कदमले पार्टी एकतामा असर पार्दैन, नेकपा एकतावद्ध छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारले पार्टी एकतामा असर नपार्ने दावी गरेका छन् । आज प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले यस्तो दावी गरेका हुन् ।
‘हाम्रो पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एव...




























