संगालोखबर सम्बाददाता

विराटनगर । नेकपा प्रदेश १ का इन्चार्ज भीम प्रसाद आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सजिलै पास हुँने दावी गरेका छन् । प्रचण्ड–नेपाल पक्षीय नेता आचार्यले आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो दावी गरेका हुन् ।

Advertisement

दल भित्रको सुविधाजनक बहुमत र संसद्मा उपस्थित विपक्षी दलहरुको सहयोगले अविश्वासको प्रस्ताव सजिलै पास हुँने नेता आचार्यको दावी छ । प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर नेता आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ मध्ये झापाका तीन प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिदै मुख्यमन्त्री राईलाई साथ दिएका छन् । यता, तीन सांसद भने प्रचण्ड–नेपाल समुहमा आएका छन् । थप सांसदहरु पनि खुल्ने क्रम जारी रहेको भन्दै आचार्यले संसद् चल्ने बित्तिकै अविश्वासको प्रस्ताव टेवल भएर पास हुँने दाबी गरे ।

नेता आचार्यले २१ सिट रहेको प्रमुख विपक्षी दल नेपाली काँग्रेससहितका साना दलसँग सहकार्य गरेर अघि बढ्ने बताए । प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमप्रति एजेण्डा मिलेको हुँदा सडकमा आन्दोलनरत पक्ष सरकारमा नगई अविश्वासको प्रस्तावका पक्षमा उभिने नेता आचार्यले विश्वास व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!