संगालोखबर सम्वाददाता

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले आफुभित्र भएको अन्र्तनिहित शक्ति पहिचान गर्नुपर्ने बताएका छन् । आइतबार विराटनगरमा गुराँस पुस्तकालयद्वारा प्रकाशित ‘बरगाछी’ नामक पुस्तकको लोकार्पण तथा सम्मान कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

Advertisement

उनले नेपाली काँग्रेसले हनुमान जस्तै आफुभित्र भएको शक्ति पहिचान गर्दै यसको सिद्धान्त, निष्ठा र राजनीतिक मुद्दाको आधारमा सक्षम र सशक्त भएर वर्तमान राजनीतिक संकटसँग लडनुपर्ने धारणा राखे । फरक प्रशंगमा नेता पौडेलले प्रतिनिधिसभा विघटन जस्तो अलोकतान्त्रिक कदमलाई अदालतले सदर गर्न नहुने बताए । संसद विघटनलाई अदालतले सदर गरे त्यो संविधानमाथि आजसम्मकै ठुलो प्रहार हुने उनको भनाई छ । उनले संसदीय लोकतान्त्रिक प्रणाली, लोकतन्त्रको मूल्य र मान्यतामा आधारित समाजवाद र धार्मिक तथा व्यक्तिगत स्वतन्त्रता रक्षाका लागि नेपाली काँग्रेस अब आफ्नै एजेण्डामा उभिने स्पष्ट पारे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले वर्तमान राजनीतिक संकट काँग्रेसका लागि सुवर्ण अवसर भएको दाबी गरे । नेपालको राजनीतिमा विद्यमान अप्ठयारो, भ्रष्टचार, अनियमितता र अस्थिरतालाई सही बाटोमा लैजान नेपाली काँग्रेसले अवसर प्राप्त गरेको उनको भनाई छ । लोकतान्त्रिक रुपान्तरणपछिका कम्युनिष्टहरु मात्र विकल्प रहने गरि नेपालको राजनीतिलाई नेतृत्व गर्नेसक्ने अवसर नेपाली काँग्रेसले प्राप्त गरेको डा.रिजालले बताए ।

प्रजातान्त्रिक स्वतन्त्रता स्थापनाका लागि पञ्चायती शासन विरुद्धका योद्धा देवी डाँगीलाई कार्यक्रममा मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान–पत्रले सम्मान गरिएको छ । यस्तै कोरोना महामारीकाबीच संक्रमितहरुको घरघरमा गई सरसफाई तथा मृतकको शव व्यवस्थापनमा सक्रिय बरगाछी युवा समुहका पाँच युुवाहरुलाई समेत सोही सम्मान–पत्रले सम्मानित गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!