- संगालोखबर सम्वाददाता

बिराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक केही बेर बसेर स्थगित भएको छ । आज दिउँसो दुई बजे बैठक बोलाइएको थियो । बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर बैठक स्थगित गरिएको हो ।

प्रदेश प्रमुखको पत्र वाचन गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराए । करिब तीन मिनेट मात्र बसेर बैठक स्थगित भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष एक अर्कालाई निषेध गर्ने हिसावले अघि बढेका थिए ।

हिउँदे अधिवेशनको पहिलो दिन दलका नेताहरुले बोल्ने गर्छन । तर, नेकपाका दुवै पक्षले निषेधको रणनीति लिएपछि यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!