बामदेवलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने नेकपाको निर्णय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउँन पहल गर्ने निर्णय गरेको छ ।
शनिबार साँझ बालुवाटारमा सम्पन्न नेकपाको बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको हो ।
नेकपामा तीन वटा अध्यक्ष बनाउने विषयसमेत बैठकमा छलफल भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए...































